लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर साउन २२, आदीवासी जनजाति माथि दमन गर्ने उद्देश्यले सरकारले विशेष सुरक्षा योजना ल्याएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले आह्वानमा पूर्वका नौं जिल्ला बन्द भएका छन्। बन्दका कारण झापा, इलाम, मोरङ, सुनसरी, पाँथचर, धनकुटा ताप्लेजुङ, संखुवासभा र तेह्रथुममा यातायत, बजार, कलकारखाना र शिक्षणसस्थामा असर परेको छ। परिषदका कार्यकर्ताहरुले ठाउँ-ठाउँमा ढुङ्गामुढा तेर्साई राजमार्ग अबरुद्ध पारेकाले सवारी साधन आवागमन हुन नसकेको हो।
परिषदका अध्यक्ष सीपी तुम्बाहाम्फेले बिज्ञप्ति मार्फत सरकारले ल्याएको विशेष सुरक्षा योजनाले आदीवासी जनजातिलाई दमन गर्ने बताएका छन्। सरकारले देशभर शान्तिसुरक्षा सुदृढ गर्न भन्दै साउन ११ गतेदेखि लागू गर्ने गरी विशेष सुरक्षा योजना ल्याएको थियो । परिषदले वि.सं. १८३१ साउन २२ गते तत्कालीन गोर्खा राज्य र लिम्वुवानबीच भएको सन्धी लिम्बुवानको लागि धोकासावित भएको भन्दै हरेक वर्ष साउन २२ लाई कालो दिनका रुपमा मनाउने बताएको छ।

No comments:
Post a Comment