News

Aug 4, 2009

माओवादी निकट संगठनले औद्योगिक क्षेत्र बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २१ दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै माओवादी निकट औद्योगिक मजदुर संगठनले मंगलबार बालाजु औद्योगिक क्षेत्र बन्द गरेको छ। उनीहरूले अक्सिजन उत्पादन गर्ने दुई उद्योगसमेत चल्न दिएका छैनन्।औद्योगिक क्षेत्रमा शंकर ग्यास र हिमाल ग्यास कम्पनीले अक्सिजन उत्पादन गरेर काठमाडौंका अस्पताल तथा क्लिनिकलाई उपलव्ध गराउँदै आएका छन्।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गिरिराज भण्डारीलगायत त्यहाँका कर्मचारीलाई आइतबार सांघातिक आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।माओवादीको भातृ संगठनले आक्रमण गर्ने आˆना कार्यकर्ता बिनासर्त छुट्नुपर्ने माग राखेको छ। पक्राउ परेका दुईसहित दुई दर्जनविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको छ।'दिनभरि माओवादीको जुलुस र धर्नाले काठमाडौंमा अक्सिजनको समेत अभाव हुने सम्भावना छ,' औद्योगिक क्षेत्रका एक अधिकारीले भने। काठमाडौंमा आवश्यक पर्ने अक्सिजन यहीँ उत्पादन हुन्छ।औद्योगिक क्षेत्र बन्द हुँदा काठमाडौंमा दूधको समेत अभाव हुने भएको छ। दुग्ध विकास संस्थानको दुध प्रशोधन केन्द्र औद्योगिक क्षेत्रभित्र छ। मंगलबार दिनभरि दूध प्रशोधन हुन नसकेकाले काठमाडौंमा बुधबार मागअनुसार आपूर्ति हुन नसक्ने आयोजनाका एक अधिकारीले बताए।
'दिनभरि माओवादीको बन्द र राति पनि काम नगर्न उनीहरूले मजदुर, कर्मचारीलाई धम्की दिएकाले मागअनुसार दूध दिन नसक्ने अवस्था छ,' बालाजु दूध वितरण आयोजनाका एक अधिकारीले नागरिकसँग भने।माओवादी निकट यो संगठन मंगलबार दिनभरि औद्योगिक क्षेत्रको मूलगेट बन्द गरेर धर्नामा बसेको थियो। उनीहरूले सबै मजदुरलाई मूलगेटमा भेला गराएर औद्योगिक क्षेत्रका सबै उद्योग चल्न दिएनन्। महाप्रवन्धकलाई कुटपिट गरेर पक्राउ परेका विकास राई कोहिनुर कोल्ड स्टोर र खड्गबहादुर तामाङ नेपाल ग्यास उद्योगका मजदुर हुन्। मुख्य अभियुक्त रोहित भनिने राजाराम ठकुरी अक्वा मिनरल वाटर कम्पनीमा काम गर्छन्।'यस्तै स्थिति हो भने हामी अब औद्योगिक क्षेत्रमा काम गर्न नसक्ने भएका छौं,' लिमिटेडका एक उच्च अधिकारीले भने। 'जसले कार्यालयमै आएर उच्च कर्मचारीलाई कुटपिट गर्छ, उसैले त्यस्ता कार्यकर्तालाई प्रहरीले छाड्नुपर्ने माग राख्दै औद्योगिक क्षेत्र पूरै बन्द गराउँछ भने कसरी काम गर्ने ?' ती अधिकारीले भने।औद्योगिक क्षेत्रभित्र १ सय २५ उद्योग सञ्चालनमा छन्। सोमबार माओवादी निकट मजदूर संगठनले केही समय बन्द गरेकोमा मंगलबार भने कार्यालय समयभरि पूरै बन्द गरेको थियो। बुधबार पनि पूरै उद्योग बन्द गर्ने घोषणा उनीहरूले गरेका छन्।

No comments: