News

Aug 4, 2009

दुर्घटनामा एक पत्रकार सहित ९ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २१ - राजधानी र कपिलबस्तुमा भएको छुट्टा- छुट्टै दुर्घटनामा एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ भारतीय नागरिक छन् । राजधानीको रत्नपार्कमा बुधबार बिहान निजी कारले ठक्कर दिदा ६ जना भारतीयको मृत्यु भएको हो । अर्का एक जना गम्भीर छन् । बिहान पौने १ बजेतिर बा ४ च ८०३० नम्वरको कारले सडक पेटीमा हिडिरहेका सातै जनालाई ठक्कर दिएको थियो ।उपचारका लागि अस्पताल पुर्‍याउदै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत बिहारका धर्मनाथ सिन्हा, सितामढीका मदन गुप्ता, कृष्णादेवी र संजय गुप्ता, मोतिहारीका बिणा सिन्हा छन् । अर्का एक जनाको नाम खुल्न सकेको छैन् । मृत्यु हुने सबै राजधानीमा व्यापार गर्दै आएका थिए । घाइते सितामढीका दिपक गुप्ताको वीर अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले भोटाहिटी, जमल र वीर अस्पताल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।यसैबीच कपिलबस्तुको शिवपुरमा मोटरसाइकल दुर्घटनाग्रस्त हुदा एक पत्रकार सहित ३ जनाको मृत्यु भएको छ । रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा गएराती एबीसी टेलिभिजननका कपिलबस्तु संवाददाता सीपी शर्मा सहित शिबगढीका गणेश बिष्ट र हुरहुरीयाका प्रकाश खनालको मृत्यु भएको छ ।पूर्ब पश्चिम राजमार्गको शिवपुरबाट चन्द्रौटा आइरहेको लु ४ प १८०७ नम्वरको मोटरसाइकल रोकिराखेको ना ३ ख ६३६ नम्बरको ट्रकसग ठोक्किएको थियो । शर्मा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका कोषाध्यक्ष र क्रान्तिकारी पत्रकार संघका कपिलबस्तु अध्यक्ष हुन् । बिष्ट र खनाल शिक्षक हुन् ।

No comments: