लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २० - सरकार तामसालिङ संयुक्त संघर्ष समितिबीच माओवादी नेतृत्व सरकारसँग भएको १९ बुँदे सहमती कार्यान्वयन लगायतका ८ बुँदे सहमती भएको छ । मंगलबार सरकार र संघर्ष समितिबीच शान्ति मन्त्रालयमा भएको वार्तामा सरकारले तामसालिङका अन्य माग पनि विस्तारै पूरा गर्न ८ बुँदे सम्झौता पत्रमा दुबै पक्षबीच हस्ताक्षर भएको छ । सहमतीपछि समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । तत्काल पूरा गर्ने, कानुन बनाएर पूरा गर्ने, संविधान निर्माणमा उलेख गर्ने लगायत तीनवटा सरकारी कार्ययोजनामा संघर्ष समितिले मन्जुरी जनाएको छ । सम्झौतामा तामाङ बाहुल्य क्षेत्रमा नमुना विकास कार्यक्रम लागु गर्ने स्वम्भु तथा नमोवुद्ध विकास समिति गठन गर्ने र ती समितिमा तामाङ समूदायको प्रतिनिधित्व सुनिश्चत गराउने, उपत्यका बाहिरी चक्रपथ तामसालिङ चक्रपथको सर्बेडिजाइन गर्ने र बजेठ विनियोजन लगायत उल्लेख छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरुको निशुल्क उपचार र पक्राउ परेकाहरुको छानवीनपछि रिहाई गर्न पनि दुवैपक्ष सहमत भएका छन् ।८ बुँदे सम्झौतापत्रमा सबै सहमति विस्तारै कार्यान्वयन गर्ने उल्लेख छ ।

No comments:
Post a Comment