News

Aug 4, 2009

सर्वदलीय बैठक निष्कर्षबिहीन आ आफ्नै अडानले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २० - माओवादीले आन्दोलनको घोषणा गरेपछि सहमतिका लागि सरकारले मंगलबार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्षटुङ्गिएको छ । माओवादी, काँग्रेस र एमाले आ आफ्नै अडानमा रहेपछि छलफलमा कुनै सहमति निकाल्न सकेन । बैठकबाट बीचमै बहिरिएका माओवादी नेता डा।बाबुराम भट्टर्राईले सरकार र नेपाली काँग्रेस सहमतिका लागि गम्भीर नभएको बताए । सरकार गैर जिम्मेवार ढंगले प्रस्तुत भएकाले आन्दोलनका विकल्प नरहेको भट्टराइले संचारकर्मीहरुसंग प्रतिक्रिया दिए । छलफलपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले घटनाक्रमलाई नियोजित रुपमा अगाडी बढाएको भन्दै यसले राजनीतिक दुर्घटना निम्त्याउने र नकरात्मक परिणाम निस्कन सक्ने खतरा औल्याए । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रपति मुद्धाको शार्न्दभिकता सकिइसकेको बताउदै माओवादीले यसलाई इगोको रुपमा लिएर सदनलाई र देशलाई असहज बनाए त्यसको जिम्मेवार उ आफै हुनुपर्ने चेतावनी दिए । सेनापति प्रकरणमा आन्दोलनमा उत्रेको माओवादीलाई एक महिना भित्र उचित निकास दिने प्रधानमन्त्रीले माधवकुमार नेपालले समय दिएका थिए । प्रधानमन्त्री नेपालले असार २२ गते सदनको सम्बोधनमा सेनापति प्रकरण र नागरिक सर्वोच्चताका विषयमा माओवादीले उठाएका मुद्दामा सर्वदलीय सहमति खोजेर निकास दिने बचन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनपति माओवादीले सदन चल्न दिएको थियो । प्रधानमन्त्रीले दिएको समय सीमा सकिन लागेका बेला मागको सम्बोधन नभएको भन्दै माओवादीले आन्दोलनको घोषणा गरेको छ ।

No comments: