News

Aug 4, 2009

साउन २५ गते विश्व आदिवासी दिवस मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदिवासीको मुद्दालाई उठाउँदै नेपालमा अगस्ट ९ अर्थात् साउन २५ गते विश्व आदिवासी दिवस मनाइँदै छ। आदिवासी पत्रकार संघ (अनिज) द्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संयुक्त संघषॅ समितिका नेताहरूले बताए- ‘आत्मनिर्णयो अधिकार, जातीय स्वशासन, स्वायत्त संघीय राज्य, समानुपातिक प्रतिनिधित्व र सरकारसँग भएका २० बुँदे सम्झौता कार्यान्वयनका लागि यी संघषॅ लक्षित रहनेछ।’विश्व आदिवासी दिवस मनाउन आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद् पासाङ शेर्पाको अध्यक्षतामा १ सय ८ सदस्यीय महासंघ संघीय परिषद् गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा टेकबहादुर सुनुवार, प्रकाशकुमार मण्डल गन्गाई, सिरीलाल माझी, सुमित्रा ताजपुरिया र सचिवहरूमा वाङ्दोबी भोटे, नीमा हयोल्मो, टासी स्म्हयाङमो, प्रेम बराम हुनुहुन्छ। ५४ जातीय संस्था २ सय १९ सभासद्, महासंघका पूर्वमहासचिवहरू परशुराम तामाङ, बालकृष्ण माबुहाङ, सुरेश आलेमगर, महासंघका सल्लाहकारहरू पद्मरन्त तुलाधर, डा. कृष्ण भट्टचन, प्रा.डा. ओम गुरुङ, डा. चैतन्य सुब्बा, लक्की शेर्पा, ठाकुरसिंह थारू, गीता मण्डल, शान्ति र्राई, छेवाङ घ्याम्जी लामा सो समारोह समितिमा रहनुभएको छ। अन्य सदस्यमण्डलमा जिल्ला समन्वय परिषद्का ६४ जना अध्यक्ष प्रवासी नेपाली, आदिवासी जनजाति महासंघ, राजनीतिक दलका जातीय अध्यक्षहरू, वकिल समूह, अर्थव्यवस्थापनमा भीमराज चौधरी राजवंशी र सदस्य सचिवमा रामबहादुर थापामगर हुनुहुन्छ। आदिवासी जनजाति दिवस काठमाडौंको खुलामञ्चमा, झापाको बिर्तामोड, सुनसरीको इटहरी, उदयपुरको गाईघाट, र्सलाहीको लालबन्दी, चितवनको नारायणगढ, कैलालीको धनगढी, अत्तरिया, बाँकेको नेपालगन्ज, बाग्लुङ बजार, तनहुँको दमौली रूपन्देहीको बुटबलमा एकसाथ मनाइँदै छ।

No comments: