News

Aug 1, 2009

क्याविन रेष्टुरेन्टमा काम गर्ने किशोरीहरुको जीवन जोखिम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, १७ साउन सुनसरी जिल्लाका विभिन्न बजारमा खुलेका क्याविन रेष्टुरेन्टमा काम गर्ने १८ वर्षमुनिका किशोरीहरुको जीवन अत्यन्तै जोखिममा रहेको पाइएको छ। राजमार्गहरुमा जोडिएर खुलेका क्याविन रेष्टुरेन्टमा काम गर्ने किशोरीहरुमा हालै गरिएको एक सर्भेक्षणले उनीहरुको जीवन जोखिममा परेको निष्कर्ष निकालेको हो।पूर्वाञ्चलमै क्याविन रेष्टुरेन्टको सुरक्षित केन्द्र मानिएको इटहरी नगर क्षेत्रमा मात्रै करिब ५० वटा क्याविनमा १८ वर्ष मुनिका २०० को हाराहारीमा किशोरीहरु रहेको तथ्यका आधारमा गरिएको सर्भेक्षणले उनीहरुमा यौन रोगको लक्षण देखिएको जनाएको छ।होटलका नाममा अवैधढङ्गले यौन व्यापारका लागि सञ्चालनमा आएका क्याविन रेष्टुरेन्टले साँझ बिहानसम्म नभनी खुलेआम देह व्यापारको धन्धा चलाउँदा उनीहरु यौन रोगको सिकार भई जिन्दगी बिताउन बाध्य हुने खतरा टड्कारो देखिएको क्याविनमा कार्यरत महिलाहरुका लागि क्रियाशील उप्का नामक सँस्थाले जनाएको छ।

No comments: