लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २१ सरकारले मुलुकका विभिन्न भागमा रहेका पाँचवटा धार्मिक क्षेत्रका विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ। संघीय मामिला, संसदीय व्यवस्था तथा संविधानसभा र संस्कृति मन्त्रालयले ती विकास समितिमा नियुक्ति गरेको हो। संस्कृति मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्षमा नवराज भण्डारी र कार्यकारी निर्देशकमा रामेश्वर केसीलाई नियुक्त गरेको छ। समितिका सदस्यमा राजु खड्का, माइला डंगोल र राधा खड्कालाई नियुक्त गरिएको छ। संस्कृति मन्त्रालयले खोटाङको हलेसी महादेवस्थान विकास समितिका अध्यक्षमा फटिककुमार श्रेष्ठ र कार्यकारी रोजन राईलाई नियुक्त गरेको छ। सदस्यमा गोपाल श्रेष्ठ, हर्कशेर राई र दुर्गबहादुर राई नियुक्त गरिएको छ। त्यसैगरी संस्कृति मन्त्रालयले ताप्लेजुङको पाथिभरा क्षेत्र विकास समितिको अध्यक्षमा डम्बरबहादुर राई, कार्यकारी निर्देशकमा गजेन्द्र तुम्याहाङ तथा सदस्यमा जुनिता साम्सुहाङ, निर्मला इजम र मीना गुरुङलाई नियुक्त गरेको छ। संस्कृति मन्त्रालयले तनहुँको देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा तिलक सापकोटा, कार्यकारी निर्देशकमा चन्द्रदेव तिवारी र सदस्यमा महेश अधिकारी र टंकनाथ पौडेललाई नियुक्त गरेको छ। सरकारले कांग्रेस सभासद् सुप्रभा घिमिरेलाई पशुपति विकास कोषको सदस्य नियुक्त गरेको छ। स्थानीय सभासद्का नाताले घिमिरेलाई सदस्य नियुक्त गरिएको हो। पशुपति विकास कोषमा यसअघि नै सरकारले सदस्यसचिवमा सुशील नाहटा र कोषाध्यक्षमा नरोत्तम बैद्यलाई नियुक्त गरिसकेको छ। सबै विकास क्षेत्रका पदाधिकारी चार वर्षका लागि नियुक्त गरिएका हुन्।
No comments:
Post a Comment