लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- सबैभन्दा आर्कषक मानिने र खतरामा रहेको बाघको संरक्षण रणनीति तय गर्न उक्त दुर्लभ प्राणी पाइने विश्वका चौधै देशसहित २० देशका विशेषज्ञ र संरक्षणकर्मीको पहिलो कार्यशाला काठमाडौंमा मंगलबार सुरू हुँदैछ। आहाराको कमी, वासस्थान विनास र चोरीसिकारका कारण खतरामा परेको बाघबारे २ सय १० विशेषज्ञ/संरक्षणकर्मीले काठमाडौंमा छलफल गर्दै छन्। बाघ खतरामा पर्दै गएपछि विश्व बैंकको प्रमुख सहयोगमा पहिलो विश्व बाघ कार्यशाला हुँदै गरेको हो। कार्यशालाले यसपछि हुने मन्त्रीस्तरीय बाघ सम्मेलनका लागि ठाउँ पनि तय गर्ने छ। बाघ पाइने देशहरूको मञ्च ग्लोबल टाइगर फोरम (जिटिएफ) को अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले कार्यशाला आयोजना गरेको हो।जिटिएफको अध्यक्षका रूपमा नेपालको यो दोस्रो कार्यकाल हो। कार्यशालाको अघिल्लो दिन सोमबार जीटिएफ कार्यकारी समितिको तेह्रौं बैठक बस्ने छ। जिटिएफ सदस्य राष्ट्रहरूले सन २०१० लाई बाघ वर्षका रूपमा मनाउने निर्णय गरेका छन्।नेपालले कार्यशालामा प्रमुख मुद्दाका रूपमा बाघको संख्या बढाउन प्रमुख जैविकमार्गको संरक्षण र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर विस्तार गर्न प्रस्ताव लैजाँदै छ। १० वर्षभित्र नेपालमा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य छ।बाघको वासस्थान जोगाउने, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाउने र संरक्षणका लागि क्षेत्र तोकेर आहाराको समेत संरक्षण गर्ने छलफलका विषय हुन्। वन्यजन्तु अंगव्यापारको ठूलो बजार मानिने चीनको उपस्थितिमा व्यापारको केन्द्र बनेको नेपालमा भइरहेको कार्यशालामा अवैध व्यापार रोक्न छलफलका लागि एक दिन छुट्टयाइएको छ।विश्वमा ३ देखि ४ हजार हाराहारी बाघ रहेको मानिन्छ। दुई महिनाअघि सार्वजनिक बाघ गणनाको तथ्यांकअनुसार नेपालमा १ सय २१ वयस्क बाघ छन्। तीमध्ये चितवनमा ९१, बर्दियामा १८, शुक्लाफाँटामा ८ र पर्सामा ४ छन्। चितवनको अवस्था सन्तोषजनक रहे पनि अन्यन्त्र बाघको संख्या चिन्ताजनक रहेको विज्ञहरूको भनाइ छ। २००६ को 'क्यामेरा ट्रयापिङ' मा शुक्लाफाँटा आरक्षमा २७ वटा बाघ थिए। तीन वर्षभित्र त्यस आरक्षमा बाघको संख्या १९ घटेको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता शिवराज भट्टका अनुसार वन्यजन्तु अंग तस्करीको अन्तर्राष्ट्रिय बाटो बन्दै गएको नेपालमा चोरीसिकार र अवैध व्यापारका कारण खतराका परेको बाघबारे हुँदै गरेको कार्यशालालाई सहभागी देशले महत्वपूर्ण रूपमा लिएका छन्।
कार्यशालापछि जारी हुने काठमाडौं घोषणापत्रमा बिडालवंशी यो जीव संरक्षणका साझा धारणा र प्रतिवद्धता सार्वजनिक हुनेछन्। 'ठूलो लगानी भए पनि बाघ संरक्षणमा सफल नभएको नेपालका लागि सम्मेलन ठूलो अवसर हो,' उनले भने। कार्यशालामा थाइल्यान्डका प्राकृतिक स्रोतसाधन तथा वातावरणमन्त्री स्विप खुनकिट्टी पनि सहभागी हुनेछन्। नेपाल, भारत, चीन, बंगलादेश, थाइल्याण्ड, म्यानमार, भुटान, रसिया, कम्बोडिया, भियतनाम, मंगोलिया, मलेसिया, लाओस र दक्षिण कोरियामा बाघ पाइन्छ।विश्व बैंकअर्न्तगतको ग्लोबल टाइगर इनिसियटिभ, सेभ द टाइगर फन्ड अमेरिका, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र विश्व संरक्षण संघ (आइयुसिएन) को सहयोगमा नेपालले कार्यशाला आयोजना गर्दै गरेको हो।दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अभिसन्धि साइटिसले बाघका अंगको व्यापारमा प्रतिबन्ध लगाएको छ भने 'आइयुसिएन' को रातो किताबमा यो प्राणी खतराको सूचीमा छ।आधिकारिक रूपमा सन् १९९९ देखि प्रत्येक ५ वर्षमा नेपालमा बाघगणना हुन्छ। सन् १९९९ मा १ सय २३ वयस्क बाघ थिए।डमरु हुर्किनेबित्तिकै पुनः प्रजनन तयारीमा लाग्ने बाघ संरक्षणको वातावरण भए चाँडै संख्या बढ्नसक्ने भए पनि अहिलेसम्म चोरी सिकार र अवैध व्यापारका कारण यसो हुन नसकेको विभागका उपनिर्देशक मेघबहादुर पाण्डे बताउँछन्। 'चोरीसिकार नभएको भए नेपालमा अहिले चार सय बाघ पुगिसक्थे,' उनले भने।

No comments:
Post a Comment