News

Oct 25, 2009

सिमा क्षेत्रका प्रतिनिधिहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र चिनको सिमा क्षेत्रका प्रतिनिधिहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि आइतबार नेपाल आएको छ । नेपालको मुस्ताङ र चिनको स्वशाशित क्षेत्र तिब्बतको ढोङ वा का सरकारी अधिकारीहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि मुस्ताङको छोसेर गाविसस्थित नेचुङ भन्सार हुँदै साँझ लोमान्थाङ पुगेका हुन् । सिमावर्ति मध्ये मुस्ताङ विगत केहि वर्षदेखि तिव्वतियन गतिविधिको आशंकाले चिनिया पक्षले निकै संवेदनशिल मान्दै आएको क्षेत्र हो । अमेरिकी तथा भारतीय राजदुतको भ्रमणले पनि मुस्ताङ क्षेत्रको संवदेनशिलता बहुपक्षिय चासो बढेको अवस्थामा गत वर्षदेखि रोकिएको द्वीपक्षिय वार्ता अहिले हुन लागेको हो । वार्ता यहि ११ गते बुधबार मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना गरिएको छ । झुङ बा का कार्यकारी प्रमुख छेङ झु को नेतृत्वमा ९ सदस्यीय टोलि आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भोला रावलले जानकारी दिएका छन् । उक्त टोलिमा ढोङ वा का सहायक कार्यकारी प्रमुख मिमा डन जेन, जन सुरक्षा निर्देशक डन जेङ का साथै कृषि, पशु क्षेत्रका सरकारी अधिकारीहरु सहभागि छन् । उनीहरुलाई नेपाली भुमि प्रवेशदेखि नै स्थानीयले भव्य स्वागत गरेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् ।'सिमावर्ति बासिन्दाले यो बैठकलाई निकै महत्व दिने भएकोले स्वःस्फुर्त स्वागतमा जनसहभागिता हुने रहेछ' उनले भने । सीमाबाट करिब आधा घण्टाको मोटरबाट टोलि लोमान्थाङ आईपुगेको हो । प्रहरीको स्कर्टिङमा घोमिसम्म मोटरमा तथा त्यसपछी घोडामा आउने उक्त टोलि १० गते साँझ सदरमुकाम जोमसोम पुग्नेछ ।वार्तामा द्वीपक्षिय सिमा व्यापार तथा सुरक्षाका बिषयमा प्रमुख रुपमा कुराकानी हुने जनाईएको छ । वर्षैपिच्छे यस्तो वार्ता गर्ने र सिमा व्यवस्थित गर्ने भनिए पनि दुई वर्षपछि मात्र अहिले वार्ता हुन लागेको हो । सन् २००७ मा तिब्बतमा भएको वार्तामा २००८ मा नेपालमा हुने सहमति भएपनि गतवर्ष उक्त वार्ता हुन सकेको थिएन ।विगत वर्ष यता सिमाको ३० किलोमिटर सम्म जान पनि चिनियापक्षले निकै कडाई गरेका कारण नेपालिले समस्या झेल्दै आइरहेका छन् । कहिले ओलम्पिक त कहिले दलाई लामाको जन्म दिनमा गतिविधि हुने भन्दै चिनिया पक्षले नेपालीलाई जान दिने गरेका छैनन् । दुई वर्ष पहिले जिल्ला प्रशाशनले जारी गरेको परिचय पत्रका आधारमा ३० किलोमिटर क्षेत्रमा आवत जावत गर्न दिने सहमति दुइ पक्ष बिच भएको थियो । तर चिनिया पक्षले त्यसलाई व्यवहारमा कार्यान्वयन गरेको छैन । 'नेपालीको आवागमन अलि सरलिकृत गर्नुपर्ने नेपाल पक्षको प्रमुख एजेण्डा वार्तामा रहनेछ' स्रोतले भन्यो, 'चिनियाँहरुले भने चिन बिरोधि क्रियाकलाप हुन नदिन तथा नेपाल हुँदै अन्यत्र जाने तिब्बतियनलाई फर्काउनुपर्ने विषयलाई प्राथमिकतासाथ उठाउनेछन् ।' म्याग्दी संवाददाता घनश्याम खडकाका अुनसार प्रजिअ ढकालले चार गते नैसर्वपक्षिय छलफल आयोजना गरी जिल्लाबासिबाट वार्तामा उठाउनुपर्ने विषयका बारेमा राय संकलन गरेका थिए । उक्त छलफलमा परिचय पत्रको आधारमा ३० किलोमिटर क्षेत्रमा जान दिनुपर्ने, भेडा, चौंरी वारपार गरी चरिचरण गराउन पाउनुपर्ने, छोङरा व्यापार मेला पटक-पटक आयोजना गरिनुपर्ने तथा द्वीपक्षिय व्यापारलाई बृहद बनाउने बारेमा सुझाव आएका छन् । तिनै सुझावलाई नै समेटेर एजेन्डा बनाएको ढकालले बताएका छन् ।

No comments: