News

Oct 28, 2009

शेर्पा प्रदेशको माग गर्दै कडा आन्दोलन गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अक्टोबर, २००९बिभिन्न जातजातिहरुले आ–आफ्नै जात अनुसारको प्रदेशको माग गरिरहदाँ नेपाल शेर्पा संघले स्वायत्त शेर्पा प्रदेशको माग गर्दै त्यसको सुनिश्चितता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी संघले पृथक भाषा र संस्कृतिसहित भिन्न भूगोलमा रहेका शेर्पाहरुको अधिकारसहितको प्रदेश निर्माणको माग गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष पेमा छिरी शेर्पाले ताप्लेजुङको कञ्चनजंघा हिमाल देखि पश्चिमको गणेश हिमाल सम्मको भूगोललाई जातीय आधारमा शेर्पा स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने माग गरे । उनले प्रदेश निर्माणका लागि सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र दिने, शेर्पा समुदायको महान चाड ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने लगायतका माग अघि सारेका छन् । संघले माग पूरा नभएसम्म शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ । साथै उसले दबाब मुलक कार्यक्रमबाट नयाँ संबिधानमा शेर्पा राज्यको गठन नभए जन बिद्रोह गर्ने चेतावनी समेत दिएको छ ।

No comments: