News

Oct 27, 2009

माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अक्टोबर, २००९,आन्दोलनबाट नै काँग्रेस र एमालेलाई गलाउने रणनीति बनाएको एकीकृत माओवादीले आफ्ना मागहरुप्रति सत्तारुढ दलहरु गम्भीर नभएको भन्दै थप आन्दोलनको घोषणा गरेको छ ।आगामी कात्तिक १५ गतेसम्म सहमतिका लागि समयसीमा दिएको माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रमहरु तय गर्न माओवादी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा आज माओवादीसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन समिति सचिवालयको बैठकले यही कात्तिक १५ गते देशभर मसाल जुलुस, त्यसपछि १६ गते गाविस र नगरपालिका घेराउ, सिंहदरबार घेराउ, काठमाडौं नाकाबन्दी, जिल्ला प्रशासन कार्यालय घेराउ, धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । माओवादीले आजै विरोध कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ । आगामी कात्तिक १५ गतेसम्म सहमतिका लागि समयसीमा दिएको माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रमहरु तय गर्न माओवादी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा आज माओवादीसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन समिति सचिवालयको बैठक बसिरहेको छ । पहिलो चरणमा धर्ना, घेराउ, जनअवज्ञा, चक्काजामका कार्यक्रमहरु तय गरिने र त्यसपछि बन्द, आमहड्तालको कार्यक्रमहरु तय गरिने माओवादीस्रोतले जनाएको छ । सचिवालय बैठकले आन्दोलनका कार्यक्रमहरु तय गर्ने र आज नै केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम अनुमोदन गरेपछि पत्रकार सम्मेलनमार्फ र्सार्वजनिक गरिने स्रोतले जनायो । आन्दोलनको तयारीस्वरुप माओवादीले आफ्नो मधेश राज्य अर्न्तर्गत अवध, भोजपुरा र मिथिला राज्य समितिका इञ्चार्ज र केन्द्रीय सदस्यहरुलाई हिजो सोमबार आफ्नो मुख्यालय, पेरिसडाँडा कोटेश्वरमा प्रशिक्षण दिएको छ । माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले उनीहरुलाई जनपरिचालनमा जुटन प्रशिक्षण दिएका थिए । माओवादीले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारुढ दलका नेताहरुले भने माओवादीको आन्दोलनबाट आफूहरु नतर्सिने चेतावनी दिएका छन् ।

No comments: