News

Oct 15, 2009

गोली प्रहारबाट घाइते दुई व्यापारीमध्ये एकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५अक्टोबर,२००९, मंगलबार राती बीरगञ्जमा अज्ञात समूहले चलाएको गोली प्रहारबाट घाइते दुई व्यापारीमध्ये एकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा कपडा व्यापारी मनोज हरलाल रहेका छन् । उनको काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते राजु साहको भने चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ ।
बीरगञ्जको माईस्थानमा अज्ञात समूहले मंगलबार राती नौ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागि व्यापारी साह घाइते भएका थिए भने त्यसको केही समयपछि आदर्शनगरमा गोली प्रहारको घटनामा व्यापारी हरलाल घाइते भएका थिए ।

No comments: