News

Oct 17, 2009

नेपाली अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १ हिन्दी फिल्मकी नेपाली अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा आइहाल्ने विषयमा आफूले सोचिनसकेको बताएकी छिन्। तिहारका लागि काठमाडौं आएकी कोइराला शनिबार दिउसो विपी स्मृति संग्राहलयको भ्रमण गर्न सुन्दरीजल पुगेकी थिइन्। बा १ च ७५३७ नम्बरको ट्याक्सीमा बाबु प्रकाश कोइरालाका साथ सुन्दरीजल पुगेकी कोइरालाले 'राजनीतिमा आउँदिन होला' भन्ने प्रतिक्रिया दिइन्। 'तत्काल राजनीतिमा आउने सोच छैन,' कोइरालाले भनिन्, 'तर के थाहा भोलि आउन पनि सकिन्छ।' आफ्ना हजुरबुबा बिपी कोइरालाले प्रयोग गरेका सर सामान, तस्विर र पुस्तक, हस्तलिखित सामाग्रीहरु जतनसँग राखिएकोमा कोइरालाले गर्व गरिन्। उनले नेपाली राजनीति र सघर्ष बुझ्नलाई संग्रहालय उपकारी भएको भन्दै त्यसको संरक्षणमा आफ्नो पनि योगदान रहने बताइन्। कांग्रेसका कार्यबहाक सभापति सुशिल कोइरालाले मनिषालाई संग्रहालयको विषयमा जानकारी गराएका थिए।

No comments: