News

Oct 21, 2009

माओवादी नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बन्न आवश्यक - मोहन वैद्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ४ माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नयाँ संविधान निर्माण गर्न माओवादी नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बन्न आवश्यक भएको बताएका छन्। संविधानसभामा ठूलो दलको रुपमा रहेको माओवादीलाई पाखा लगाएर शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुग्ने र नयाँ संविधान पनि बन्न नसक्ने दाबी उनको थियो। जनसञ्चार अभियान, नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र नयाँ संविधान बनाउन माओवादी नेतृत्वको सरकार जरुरी भएको बताएका हुन। वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिले प्रधान सेनापति प्रकरणमा चालेको कदम सच्चिनुपर्ने र नागरिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै उनले त्यसो नभए राजनीतिक गतिरोध चाँडै अन्त्य हुन नसक्ने पनि बताए।आफ्नो पार्टीको स्थायी समिति बैठकले आन्दोलनको कार्यक्रम ल्याउने जानकारी पनि उनले दिए।

No comments: