News

Oct 16, 2009

विस्फोटक पदार्थसहित बाह्र जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६अक्टोबर,२००९, सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गस्ती सुरक्षा वेस गड्डाचौकी कञ्चनपुरले हिजो विस्फोटक पदार्थ तथा यसमा प्रयोग हुने सामाग्रीसहित स्थानीय गड्डाचौकीबाट बाह्र जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको पहलमानपुर १ घर बताउने विष्णु चौधरी, डम्बरसिंह चौधरी, दिपक चौधरी, संजिव चौधरी, रमेश चौधरी, काशिराम चौधरी, रामलाल चौधरी, सेतुराम चौधरी, रामपाल चौधरी, बाधुराम चौधरी, बुद्धिराम चौधरी र कैलाली जिल्लाकै आमखैया २ बस्ने परदेश्वर चौधरी छन् ।सशस्त्र प्रहरी सहायक निरीक्षक नारायण थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले हिजो विहान गड्डाचौकीमा जाँचगर्ने क्रममा उनीहरु मध्येका विष्णु चौधरी र डम्बरसिंह चौधरीले कम्बलमुनी लुकाएर ल्याउँदै गरेको दुई रोलमा गरी साँढे नौ मिटर सेफ्टीफ्युज र आँठवटा जिलेटिन हाई एक्स्प्लोसिभ फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गर्नुको साथै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।पक्राउ परेका दुवै जनाले अन्य व्यक्तिहरुले पनि यस्ता विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामाग्रीहरु ल्याउँदै गरेको भनि बताएपछि तिनीहरुको खोजतलासमा एपीएफ टोली सक्रियताका साथ परिचालन गरिएको थियो ।त्यसपछि एपीएफ टोली र स्थानीय प्रहरीले संयुक्त रुपमा खोजी गर्ने क्रममा सीमा नजिक गड्डाचौकीबाट उनीहरु सवैलाई पक्राउ गरिएको हो ।पक्राउ गरिएकाहरुबाट १६ वटा जिलेटिन हाई एक्स्प्लोसिभ डेटोनेटर ४५ वटा तथा सेफ्टीफ्युज ११ मिटर र डेर्टकर्ड नौ मिटर बरामद भएको छ ।

No comments: