News

Oct 21, 2009

अमेरिका जान डीभी भर्नेहरुको संख्या ह्वात्तै बढे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१अक्टोबर,२००९, अमेरिका जान डीभी भर्नेहरुको संख्या काठमाडौंमा ह्वात्तै बढेको छ ।काठमाडौंको बागबजार, नयाँ सडक, पुतलीसडक, बानेश्वर लगायतका स्थानमा रहेका फोटो स्टूडियोहरुमा डीभीका लागि फोटो खिच्ने र डिभीका लागि फारम भर्नेहरुको चहलपहल बढिरहेको छ । यसैगरी अधिकांश साइबरहरुले पनि डीभी भर्ने सुविधा उपलब्ध गराएका छन् । डीभी भर्नको लागि विशेष गरी युवा युवतीहरु उत्साहित देखिएका छन् । सन् २०११ को ईडीभी कार्यक्रमका लागि नेपालस्थित अमेरिकी राजदूतावासले गत असोज १६ गतेदेखि आवेदन खुला गरेको थियो ।

No comments: