News

Oct 15, 2009

विश्वभर गर्भपतन गराउनेको संख्यामा कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ पछिल्लो एक दशकमा विश्वभर गर्भपतन गराउनेको संख्यामा कमी आएको छ । अमेरिकी अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रतिवेदनले एक दशकयता विश्वभर गर्भपतन गराउनेको संख्यामा कमी आएको बताएको छ । तर, गर्भपतनमा प्रतिबन्ध लगाइएका देशमा भने अझै असुरक्षित गर्भपतनको सहारा लिनेको संख्यामा कमी नआएको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार सन् १९९० को मध्यतिरबाट विश्वभर गर्भपतन गराउनेको संख्या घटेको हो । ९० को मध्यबाट गर्भपातको संख्या साढे चार करोडबाट घटेर चार करोड दस लाख पुगेको छ । गर्भनिरोधक साधनको व्यापक प्रयोगका कारण गर्भपतनमा कमी आएको अनुमान अनुसन्धानकर्ताले गरेका छन् । अध्ययनका अनुसार विश्वमा अझै पनि असुरक्षित गर्भपतनका कारण हरेक वर्ष ७० हजार महिलाको मृत्यु हुने गरेको छ । यो अनुसन्धान अमेरिकी संस्था गटमाकर इन्सिटच्युटले गरेको हो । इन्सिटच्युटका प्रमुख सेरोन कैंपले गर्भनिरोधक सामग्रीमा सर्वसाधारण जनताको पहुँच तथा गर्भपतनको सुविधा बढाउनुपर्ने बताएका छन् ।

No comments: