News

Oct 16, 2009

अशोकस्तम्भ लागूऔषध सेवन र वेश्यावृत्तिको अखडा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तुको निग्लिहवामा रहेको अशोकस्तम्भ लागूऔषध सेवन र वेश्यावृत्तिको अखडा बन्दै गएको छ । लुम्बिनी विकास कोषले स्तम्भ संरक्षणका लागि लगाएको तारबार दुई वर्षअघि नै चोरिएपछि आपराधिक क्रियाकलाप गर्नेलाई खुलेआम स्तम्भभित्र छिर्न सजिलो भएको छ । पाले बस्न बनाइएको भवनमा पनि रातिसम्म लागूऔषध प्रयोगकर्ता तथा यौनगतिविधि गर्नेको चहलपहल हुने गरेको स्थानीयवासी बताउँछन् । सन् १८९६ मा राणाकालीन मेजर जसकरण सिंहले सिकार खेल्ने क्रममा फेला पारेको सो शिलास्तम्भ अयोध्याका पुरातत्वविद् डा. फुरहरले अशोकस्तम्भ भएको पहिचान गरेका थिए ।

No comments: