News

Oct 22, 2009

प्रनेसासद्धारा सड्क बालबालिकालाई भाइटिका र लुगाफाटा वितरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत भाईटिकाको दिन प्रवासी नेपाली साहित्य समाज प्रभात ब्रुनाईले धरानका सड्क बालबालिकालाई भाईटिका लगाइ दिनुको साथै हिउदको जाँडोको ख्याल राख्दै लुगाफाटा वितरण गरेको छ । विभिन्न कारणले सड्कमा भोकभोकै बाँच्न बाँध्य बालबालिकाको लागि कुनै पनि चार्डपर्वले खुसियाली नल्याउने र उनीहरुको कोहिपनि आफन्त नहुने भएकोले उनीहरुलाई सहयोग गर्नु उत्तम कार्य हो भन्ने उद्देश्यले प्रनेसासले यो कार्यक्रम गरेको कुरा उल्लेख छ । धरान स्थित पत्रकार तथा समाजसेवी निलिफा सुब्बाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा झण्डै ३ दर्जन बालबालिकालाई टिका, तिहारको परिकार लगायत ज्याकेट र सुरुवाल वितरण गरिएको थियो । कार्यक्रममा सहभागि बालबच्चा तथा अभिभावकहरुले वेलायती सेनामा कार्यरत दाजुभाई, दिदीवहिनीहरुको संस्था प्रनेसास प्रति आभार ब्यक्त गरेका थिए । स्मरण रहोस, प्रनेसासले अघिल्ला बर्षहरुमा पनि काठमाण्डुका सडक बालबालिकाहरुलाई नयाँ बर्षको अवसरमा सहयोग गरेका थिए भने सड्क बालबालिकाको लागि प्रनेसासको कार्यक्रम यो तेस्रो हो । विस्थापितलाई राहत वितरण, शैक्षिक क्षेत्रमा विविध सहयोग साथै स्रष्टा सर्जकहरुलाई दुखः विराम परेको वेला आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै सड्क बालबालिकाको लागि भाइ टिका लगाई दिने चलन विगत केही बर्ष देखि पत्रकार सुब्बाले नै शुरुवात गरेकी हुन् ।

No comments: