News

Oct 17, 2009

माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको भ्रमणमा रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति हु जिन्ताओबीच शुक्रबार भेट भएको छ। चीनका राष्ट्रपति हु जीन ताओसँग ३० मिनेट भेट भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। भेटमा नेपालको शान्ति, स्थिरता र विकासको लागि चीन सक्दो प्रयासरत रहेको राष्ट्रपतिले बताउनुभएको थियो। दुई देशको कम्युनिष्टको सम्बन्ध सुदृढ गर्न निरन्तर भेट भइरहनुपर्यो भन्ने बारेमा अध्यक्ष प्रचण्ड र राष्ट्रपति सहमत भएका थिए। भेटमा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र उपाध्यक्ष मोहन वैद्य पनि सहभागी थिए।

No comments: