News

Oct 17, 2009

अध्यक्ष डीके बुद्धिष्ट तामाङ् दुर्घटनामा परी सख्त घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य तथा मञ्च सम्बद्ध तामाङ्सालीङ स्वायत्त राज्य परिषद्का अध्यक्ष डीके बुद्धिष्ट तामाङ् असोज ३० गते अपरान्ह सिराहाको चन्द्रनिगाहरपुरमा कार दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । नेपाल राष्ट्रिय तामाङ घेतुङका अध्यक्ष वीरबहादुर तामाङ, एक चालक र बुद्धिष्ट चढ्नुभएको उक्त गाडी दुर्घनामा पर्ने चालक र घेतुङका अध्यक्ष तामाङ भने सामान्य अवस्थामा छन् । दुर्घटनापश्चात सख्त घाइते हुनुभएका तामाङसालीङका अध्यक्ष डीके बुद्धिष्टलार्इ हेलिकप्टरबाट काठमाडौंको टिचिङ अस्पतालमा ल्याइएको थियो । टिचिङबाट बौद्ध काठमाडौंको स्तुपा अस्पतालमा लगिएका बुद्धिष्टको दाहिने खुट्टाको त्रि्राको हाड टुक्रिएको एक्सरे रिपोर्ट पाइएको छ । बुद्धिष्टको शरीरको अन्य भागमा भने खासै गम्भीर चोट नभएको जानकारी प्राप्त भएको छ । बुद्धिष्टलाई टिचिङ् अस्पतालमा पुर्‍याइए लगतै वहाँको परिवार र वंशका साथ तामाङसालीङ र मञ्चका नेता तथा कार्यकर्ताहरु वहाँको अवस्था बुझ्न अस्पतालमा जम्मा भएका थिए । समग्र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्वद्ध स्वायत्त राज्यपरिषदहरु लिम्बुवाना, खम्बुवान, तामाङसालीङ र थरुहट परिवारले अध्यक्ष बुद्धिष्टको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

No comments: