News

Oct 20, 2009

डिजिटल प्रविधिबाट तयार पारिएको जग्गाधनी प्रमाणपुर्जा वितरण शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे,बनेपामा डिजिटल प्रविधिबाट पुनः नामनक्सा गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा तयार गरिएको छ। नापी विभागअर्न्तर्गत कित्तानापी महाशाखा, बनेपा नापी कार्यालयले बनेपा नगरपालिकाको वडा नम्बर ६ को १ सय ८२ कित्ता जग्गा डिजिटल प्रविधिबाट पुनः नापनक्सा गरी बिहीबारदेखि जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण शुरू गरेको हो। नापी कार्यालय बनेपाले पहिलो चरणमा यसै वर्षबनेपा नगरपालिकाको सबै वडाहरूको डिजिटल प्रविधिबाट पुनः नापनक्सा गरी जग्गाधनी प्रमाणपुर्जा तयार गर्ने जनाएको छ। बनेपा नगरपालिका वडा नम्बर २, ५, ७, ८ र ९ को पनि डिजिटल प्रविधिबाट पुनः कित्ता नापीसम्बन्धी फिल्ड कार्य सम्पन्न गरी डाटाबेस तयारी कार्य गरिरहेको जनाएको छ। अभिलेख सुरक्षित र व्यवस्थित तरिकाले राखिने हुँदा भूमिसम्बन्धी शुद्ध र भरपर्दो सूचना प्राप्त गर्न सकिने र कार्यप्रणाली छिटो र छरितो हुने भएको छ। ‘डिजिटल प्रणाली खर्चिलो भए पनि हामी यसमा प्रवेश गर्ने पथ्र्यो’, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्तले भने- ‘हामीले बनेपा नगरपालिकाबाट यसको शुरूआत गर्यौं, पहिलो पाइलामै सफलता मिलेको छ।’शहरी क्षेत्रमा जग्गाको मूल्य दिनप्रतिदिन बढ्दै गएको अवस्थामा डिजिटल प्रविधिको नामनक्साले जग्गाको कारोबार सरल र पारदर्शी ढंगबाट गर्न सकिने बताउँदै नापी कार्यालय बनेपाका अधिकृत खिलराज चौहान भन्छन्- ‘यो शुद्ध प्रविधि भएकाले जग्गासम्बन्धी झैझगडा पनि कम हुन्छ। आफ्नै स्रोतसाधन र सीपबाट यो कार्य भइरहेको बताउँदै नापी अधिकृत चौहानले टोटल स्टेसन जीआईएस सफ्टवयेर सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनको लागि तालिमको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो। सीमित स्रोत र साधनका बीच पनि यो वर्षबनेपा नगरपालिकाका सबै वडाको काम सक्नुपर्ने बताउँदै मन्त्रालयका सचिव छविराज पन्त भन्छन्- ‘यो कार्य सफल गरेर देखाउन सके अर्को वर्षसरकारले बजेट छुट्टाउनेछ र काम गर्न अझ सहयोग पुग्नेछ।’डिजिटल प्रविधिबाट नापनक्सा गरी जग्गाधनी प्रमाणपुर्जा तयार गर्नका लागि साधनस्रोत जुटाउन मन्त्रालयले पहल गर्ने र उपलब्धि हासिल हुने बताउँदै पन्तले भने- ‘शहरी क्षेत्र हुँदै ग्रामीण क्षेत्रमा पनि यो प्रविधि लागू गरिने योजना छ।’

No comments: