News

Oct 22, 2009

रक्षामन्त्रीको बोली अनमिनलाई आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२अक्टोबर,२००९,प्रधानमन्त्री माधवकुमार नेपाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग अनमिन प्रमुख करिन ल्यानग्रीनबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा अनमिन प्रमुख ल्यानग्रीनले रक्षामन्त्री बिद्या भण्डारीले बृहत शान्तिसम्झौता पुनरावलोकन हुनुपर्ने र सैन्य भर्ती गर्नपर्ने भनी दिएको पछिल्लो अभिव्यक्ति शान्ति सम्झौता विपरीत भएको भन्दै प्रधानमन्त्रीसमक्ष आपत्ति जनाएकी छन् ।उनले सबै पक्षले शान्ति सम्झौताको पूर्ण पालना गरे मात्र शान्ति प्रक्रिया तार्किक निष्कर्ष पुग्नेमा जोड दिइन । यसै साता राष्ट्रसंघीय मुख्यालय, न्यूयोर्क प्रस्थान गर्ने तयारीमा रहेकी ल्यानग्रीनले आज प्रधानमन्त्री नेपाललाई भेटी सेना समायोजन र शान्ति प्रक्रियाको पछिल्लो अवस्थाका बारेमा छलफल गरेकी हुन् ।

No comments: