News

Oct 25, 2009

सहमतीका लागि दलहरुबीच भएको दुई पक्षिय बार्ताहरु असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले साझा सहमतिको लागि अघि सारेको प्रस्तावमा कांग्रेस र एमालेले अस्वीकार गरेको छ । माओवादीको प्रस्तावमाथि छलफल गर्न आइतबार बसेको कांग्रेस र एमालेको बैठकले यस्तो निर्णय गरेको हो ।आइतवार दिनभर सहमतीका लागि दलहरुबीच भएको दुई पक्षिय बार्ताहरु असफल भएको छ । साँझ बसेको माओवादी-काँग्रेसको बैठक पनि कुनै सहमति विना नै टुंगीयो।आइतवार बिहान माओवादी र एकालेबीच बैठक भएको थियो । दिउँसो काँग्रेस र एमालेबीच र साँझ माओवादी-काँग्रेसबीच बैठक भएको थियो । तीनै वटा बैठक असफल भएको छ ।विगत लामो सययदेखि संसद अवरुद्ध गर्दै आएका माओवादीले साझा सहमतिको नाममा सरकार परिवर्तन र राष्ट्रपतिको कदम सम्बन्धमा सहमतिका लागि ल्याएको प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको एमाले कार्यदलका सस्दय केशव बडालले बताए ।माओवादीले सहमतिका लागि पेश गरेको साझा संकल्प प्रस्ताव गम्भिर प्रकृतिको भएकाले सहमतिको प्रयास झिनो हुदै गएको उनले बताए ।साझा सहमतिको लागि आफूहरु हदैसम्म लचिलो भएर आएपनि माओवादीले निहु मात्र खोजेको भन्दै उनले माओवादीसित सहमतिको प्रयास सफल हुन नसक्ने समेत उल्लेख गरे ।बैठकपछि कांग्रेस कार्यदलका सदस्य अर्जुननरसिंह केसीले माओवादीले ल्याएको प्रस्ताव साझा सहमति भन्दा पनि सरकार परिवर्तनको उद्देश्य प्रमुख देखिएकोले सहमति प्रयासको कुनै अर्थ नरहेको बताए ।साझा सहमतिको लागि माओवादी गम्भिर र लचिलो नभएको भन्दै उनले सहमतिका लागि फेरि अन्तिम पटक माओवादीसित छलफल गर्ने बताए ।उनले नागरिक सर्वोच्चता कायम गर्ने नाममा आफ्नो सर्वोच्चता लाद्न खोजेको भन्दै सरकार परिवर्तनको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताए ।कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावमा माओवादीले संशोधन गर्दै फरक प्रस्ताव पेश गरेको थियो । बिहान माओवादी र एमालेको कार्यदलबीच पनि यसै बिष्यामा छलफल भएको थियो । भोली सरकार समर्थित २२ दलको बैठक बोलाइएको छ ।

No comments: