News

Oct 19, 2009

पश्चिम नेपालका मानिसहरुले भोकमरीसंग लड्न आव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघको तथ्यांक अनुसार दिनहुं भोकै सुत्न वाध्य ३४ लाख नेपालीहरुमध्ये सबैभन्दा बढी बसोबास गर्ने पश्चिम नेपालका मानिसहरुले भोकमरीसंग लड्न आव्हान गरेका छन्। संयुक्त राष्ट्र संघले सन २०१५ भित्र सहस्राब्दी विकास लक्ष्य अन्तर्गतको भोकमरी हटाउन नेपाल असक्षम हुने भन्दै चिन्ता व्यक्त गरेपछि पश्चिम नेपालका जनता आफुहरुको क्षेत्र भोकमुक्त क्षेत्र हुनु पर्छ भनेर जुर्मुराएका छन्। खाने, लाउने र पढ्‍ने जस्ता मानिसका आधारभूत आवश्यकता पुरा गर्न विश्वभर आयोजित ‘जागौं, केही गरौं’ भन्ने अभियान अन्तर्गत पश्चिम नेपालमा र्‍याली जस्ता दवावमूलक कार्यक्रमहरु गरिएको छ। भोकमरीका विरुद्ध विश्वभर अभियान चलिरहंदा पश्चिम नेपालका संघसंस्थाहरुले भोक मुक्त क्षेत्र घोषणा गराउन दवाव दिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत दिएका छन्।

No comments: