News

Oct 30, 2009

ओलीले नै बहिष्कार गरे एमालेको चियापान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज नेकपा (एमाले) उपत्यका समन्वय कमिटीले आयोजना गरेको चियापान कार्यक्रम उक्त पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीले भने बहिस्कार गरेका छन् ।आज अपरान्ह बसन्तपुर डबलीमा आयोजना गरिएको चियापान कार्यक्रममा अध्यक्ष झलनाथ खनाललाई प्रमुख अतिथि र प्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाललाई विशिष्ट अतिथिका रुपमा बोलाइएको थियो । आजको चियापान ओली लगायत ओली पक्षधर नेता तथा कार्यकर्ताहरुले बहिस्कार गरेका छन् । दुई पक्षको छुट्टाछुट्टै चियापान कार्यक्रमलाई मिलाई संयुक्त रुपमा गर्ने सहमति भए पनि ओली पक्षधर काठमाडौं जिल्ला कमिटीले भने भोलि शनिबार बसन्तपुरमा नै चियापान कार्यक्रम राखेको छ । अध्यक्ष खनालले दुवै कार्यक्रम रोकी नयाँ तिथिमा केन्द्रीय कमिटीको आयोजनामा चियापान कार्यक्रम गर्ने बताए पनि उपत्यका समन्वय कमिटीले संस्थापन पक्षकै कार्यक्रमलाई आफ्नो भनी प्रचार गरेपछि भोलिको चियापान कार्यक्रम नरोकिएको ओली पक्षधरहरुले बताएका छन् । पार्टीको विवाद मिलाउन एमालेका तीन पक्षका नेताहरुबीच सोल्टी बैठक र ओली निवासमा भएको सहभोज पनि विफल भएको छ । यसैबीच कार्यक्रममा बोल्दै अध्यक्ष झलनाथ खनालले बर्तमान समय आन्दोलन र मुठभेडको समय नभएको भन्दै सहमति र वार्तावाट मात्रै अघि बढ्न माओवादीलाइ आग्रह गर्नु भएको छ ।दीगो शान्ति , संविधान निर्माण र नयां नेपाल निर्माणका लागि नेपाली जनताले दिएको अभिभारा पुरा गर्न आन्दोलन र मुठभेडले नसकीने वताउंदै उहांले द्धन्द्ध वढाउने फुर्तिफार्ति नगरेर समझदारीको वोलिचालि र क्रियाकलाप गर्न माओवादीलाइ आग्रह गर्नु भयो ।

No comments: