News

Oct 24, 2009

माग पूरा नभएसम्म संसद् सुचारु नगर्न सभासद्हरूलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले शुरू गरेको दशवर्षो द्वन्द्वमा परिवार गुमाएका परिवारका सदस्यहरूले माओवादीले उठाएको माग पूरा नभएसम्म संसद् सुचारु नगर्न सभासद्हरूलाई आग्रह गरेका छन्। माओवादीसम्बद्ध जनक्रान्ति शहीद परिवार नेपालको प्रथम जिल्ला अविधेशनका लागि लमजुङ सदरमुकाम बेंसीशहरमा आएका शहीद परिवार सदस्यहरूले उपस्थित सभासद्लाई त्यस्तो आग्रह गरेका हुन्। लामो समय सदन अवरुद्ध हुँदा बजेट पारित हुन नसक्दा सभासद् तथा मन्त्रीको पनि तलबभत्ता रोकिन लागेको जानकारी बाहिर आएपछि उनीहरूले सभासद्लाई संसद् सुचारु गरेर हार्नुभन्दा बरु तलबभत्ता नै नलिन आग्रह गरेका हुन्।सदरमुकाममा भेला भएका शहीद परिवारका सदस्यहरूको कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् तमुवान राज्यसमितिका सेक्रेटरी हरि अधिकारीले सिंहदरबारमा रगत बगाएरै भए पनि शहीदले देखाएको बाटोबाट पार्टी विचलित नहुने बताउनुभयो। कार्यक्रममा माओवादी सभासद् बुद्धिराम गुरुङ, हिमकुमारी सुनार, जिल्ला इन्चार्ज देवेन्द्र पराजुली, केन्द्रीय सल्लाहकार ऋषिराम पौडेललगायतले अबको माओवादी आन्दोलनले शहीदका सपना पूरा हुने भएकाले आन्दोलनमा शहीद परिवार, बेपत्ता परिवार, किसान, मजदुर, विद्यार्थी, शिक्षकलगायतलाई सहभागी हुन आहवान गरेका थिए।

No comments: