News

Oct 30, 2009

श्रीलंकन राष्ट्रपति महेन्दा राजपाक्षेले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - नेपालको तिनदिने भ्रमणमा आएका श्रीलंकन राष्ट्रपति महेन्दा राजपाक्षेले शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट विहान लुम्बिनी आएका राष्ट्रपतिले माँयादेवी मन्दिर, अशोक स्तम्भमा बौद्ध धर्म परम्परा अनुसार पुजा आराधान गरेका थिए । भ्रमणका क्रममा संचारकर्मीहरुको जिज्ञासामा सक्षिप्त कुरा गर्दै राष्ट्रपति राजपाक्षले लुम्बिनीको भ्रमणबाट नेपाल र श्रीलंका बीचको सम्बन्ध अझ प्रगाढ र बलियो हुने बताए । हाल प्रति बर्ष ४० हजार श्रीलंकन नेपाल आउने गरेको उल्लेख गर्दै यस भ्रमण पश्चात् नेपालमा श्रीलंकनहरुको आगमनमा बृद्धि हुने उनले बताए । उनको साथमा धर्मपत्नी सिरान्ती राजपाक्षी, दाजु तथा श्रीलंकाका सामुन्दि्रक परिवहन मन्त्री चमल राजपाक्षे, परराष्ट्रमन्त्री रोहिता बोलोगामा लगायत् पाँचजना मन्त्री पनि थिए । राष्ट्रपती सहितको विशिष्ट टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा साङ्वो शेर्पा लगायत्का कोषका पदाधिकारी, उच्च सुरक्षा अधिकारीहरु र भिक्षुहरुले स्वागत गरेका थिए ।मायाँदेवी मन्दिर परिसरमा विशिष्ट टोलीलाई कोषका कर्मचारीले लुम्बिनी गुरु योजनाका वारेमा जानकारी गराएका थिए । गुरुयोजनाको जानकारी लिएपछि श्रीलंकाका परराष्ट्र मन्त्री रोहिता बोलोगामाले लुम्बिनीको विकासमा श्रीलंका सरकारले निरन्तर सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।संस्कृति मन्त्री मिनेन्द्र रिजालले नेपाल शान्ति प्रकृयामा गएपछि श्रीलंकाका पर्यटकको आगमन बढेको उल्लेख गर्दै नेपाल-श्रीलंका बीच हवाई उडान भएपछि नेपाल र श्रीलंकाको सामिप्यता अझ बढ्ने बताए । राष्ट्रपति राजपाक्षले आजै लुम्बिनीमा श्रीलंकाद्वारा निर्मीत श्रीलंकन बौद्ध मन्दिरको उद्घाटन गर्नुको साथै तीन दिन अघि श्रीलंकाबाट ल्याईएको भगवान बुद्धको अस्तुधातुको प्रतिस्थापन गरेका थिए । राष्ट्रपति राजपाक्ष सहितको श्रीलंकन टोलीको भ्रमणका वेला लुम्बिनीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । लुम्बिनी विकास कोष क्षेत्रमा रहेका जंगल, मन्दिर तथा विहार र खाली क्षेत्र जताततै हिजो रातिदेखि नै प्रहरी तैनाथ गरिएको थियो ।

No comments: