News

Oct 25, 2009

हङकङको मिस पर्ल भईन् पोखरेली दीपा गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
बहिनी ज्योतिले सेकेण्ड रनरअपको ताज पहिरिएको हेरिरहेकी दिदी दीपा मिस पर्ल हङकङमा आफ्नो नाम घोषणा भएपछि एकछिन अकमक्क परिन्। लगत्तै अगाडि सरेर ताज पहिरिइन् र बाहनीसँग फोटो खिचाउन लाइनमा बसिन्। दायाँपट्टी उभिइन् फस्ट रनरअप रोजी पुन। उनी पनि पोखराकै हुन्।पोखरेली दीपा गुरुङ (१८), रोजी पुन (१६) र ज्योति पुन (१६) भए मिस पर्ल हङकङ, फस्ट र सेकेण्ड रनरअप। सहोदर दिदीबहिनी दिपा र ज्योतिले मिस बेस्ट एन्जल र मिस चार्मिङको उपाधि पनि हात पारे भने रोजीले ४६१ मत पाएर अनलाइन पपुलर भोटको उपाधि पनि जितिन्। याउ मा तेईस्थित कम्युनिटी हलमा शनिबार राति भएको 'मिस पर्ल हङकङ नेपाल २००९' प्रतियोगितामा पविता गुरुङ मिस पर्सनालिटी, रोमा घले मिस जेनियस, सुमी गुरुङ मिस क्याटवाक, सुमिता गुरुङ मिस एटिच्यूट, सोनी लिम्बु मिस ड्रेसअप र सुस्मिता गुरुङले इन्टरटेनरको उपाधि जिते।टप फाइभमा आउन सफल ज्योती गुरुङ, सुस्मिता लिम्बु, रोजी पुन, दिपा गुरुङ र सुनिता गुरुङलाई सोधिएको एउटै प्रश्नको लिखित जवाफको आधारमा निर्णायकहरू डा. सर्मिला गुरुङ, किसन राई, श्यामसुन्दर थापा, निलिमा घले र प्रदिप कन्दङवाले तीन विजेता घोषणा गरेका थिए। प्रतियोगीहरूलाई करिब दुई महिनादेखि रिना गुरुङले प्रशिक्षण दिएकी थिइन। हङकङमा पहिलो पटक आयोजना गरिएको मिस पर्ल प्रतियोगितामा १२ जना सहभागी थिए। टप माउण्टेन तेक्वान्दो डोजाङ हङकङको संयोजन र हर्कबहादुर गुरुङको प्रायोजनमा प्रतियोगिता भएको हो।

No comments: