News

Oct 22, 2009

थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ अक्टोबर, २००९,सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको घोषणा गरेको जनाएको छ । समितिले घोषणा गरेको आन्दोलनमा कात्तिक ९ गते थरुहट, लिम्बुवान, खम्बुवान क्षेत्रमा मसाल जुलुस गर्ने र कात्तिक १० गते आम हडताल गर्ने कार्यक्रम रहेको छ । आन्दोलनमा नेपाल लोकतान्त्रिक समाजवादी दल, थारु विद्यार्थी समाज, आदिवासी थारु कानुन व्यवसायी समाज, थारु महिला समाज, आदिवासी जनजाति दलित गणतान्त्रिक मोर्चा, नेपाल मुस्लिम नागरिक समाज, संघीय लिम्बुवान राज्य परिषद क्रान्तिकारीलगायत संघ संस्था सहभागी रहने जनाइएको छ । संघले घोषित आन्दोलनलाई दमन गर्न खोजिए कडा कदम चाल्ने चेतावनी समेत दिए । सरकार थरुहट संयुक्त संघर्ष समितिबीच केही समय अघी बिभिन्न ७ बुँदे सम्झौता भएको थियो ।

No comments: