News

Oct 24, 2009

कांग्रेस कार्यालयमा नेविसंघको ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उदयपुर, ६ कात्तिक, आफूभित्रको विवाद पार्टीले नमिलाइदिएको भन्दै नेपाल विद्यार्थी संघ उदयपुरले कांग्रेस उदयपुर जिल्ला कार्यसमितिको कार्यालयमा शुक्रबार तालाबन्दी गरेको छ । विवाद समाधान नगरेसम्म पार्टीले गर्ने जुनसुकै कार्यलाई पनि अवरोध गर्ने संगठनले जनाएको छ । तालाबन्दी गर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेविसंघका पदाधिकारीले एक विज्ञप्ति पढेर सुनाएका थिए । विज्ञाप्तिमा भनिएको छ, 'गत शुभदीपावलीको अवसरमा नेविसंघले दुईवटा खेमामा विभाजित भई देउसी खेलेकोबारेमा पार्टीलाई जानकारी दिई समस्या मिलाउन शुक्रबार साढे तीन बजेसम्म अल्टिमेटम दिँदा पनि पार्टीले त्यसको बेवास्ता गरेका कारण तालाबन्दी गर्नुपरेको हो ।' विज्ञप्तिमा नेविसंघ उदयपुर अध्यक्ष राजकुमार राउत र त्रियुगा जनता बहुमुखी क्याम्पसका नेविसंघ इकाइ अध्यक्ष विनोद कोइरालाले हस्ताक्षर गरेका छन् । नेविसंघका केन्द्रीय सदस्य राकेस खत्रीको उपस्थितिमा पार्टी कार्यालयमा ताला लगाइएको थियो ।

No comments: