News

Oct 29, 2009

बुटवलमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - आदिवासीले आ-आफ्ना ठाउंबाट पहिचान र अस्तित्व खोजिरहेका बेला बुटवलमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ हुने भएको छ । नयां पुस्तालाई आदिवासीहरुको रहनसहन चिनाउने तथा आदिवासीहरुको भाषा सस्कृति र सहिष्णुता संरक्षण तथा प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागेको हो । वरिष्ठ चलचित्रकर्मी नविन सुब्बाले क्षेत्रगत रुपमा छोटो समयमा चलचित्रको माध्ययमद्धारा आदिवासीको विगत, वर्तमान र भविष्यलाई चिनाउन सकिने भएकाले चलचित्र महोत्सव गर्न लागिएको बताए । "चलचित्रले मनोरञ्जनका साथमा चेतना अभिवृद्धि गर्छ" सोमबार बुटवलमा आदिवासी चलचित्रको औचित्य सम्भावना र भविष्य विषयक अन्तरक्रिया उनले भने "तिनै मनोरञ्जन लिन आएकामा आदिवासीको भाषा सस्कृति र सहिष्णुताको छाप बसोस् भनेर महोत्सव थालेका हौं ।' आदीवासी चलचित्रकर्मी संजोक लाफामगरले आदिवासीहरुलाई आफ्ना भाषामा चलचित्र निर्माण गर्न र व्यवसायिकीकरण गर्ने उद्देश्य महोत्सवमा राखिएको बताए । "आदिवासी चलचित्र, लघु चलचित्र र वृत्तचित्र धेरै बनेका छन्" उनले भने "तर तीनले व्यवसायिकता पाएका छैनन । आदिवासी चलचित्रमा अभिनय गरेर मात्र चलचित्रकर्मी बांच्ने स्थिति पनि छैन । हामीले त्यसलाई फेर्न चाहान्छौ ।"विश्वभरका आदिवासी चलचित्रकर्मीहरुको छाता संगठन अन्तराष्ट्रिय आदिवासी चलचित्र महासंघले महोत्सवको आयोजना गरेको छ । चलचित्र महोत्सवमा स्वदेशी तथा विदेशी आदिवासी चलचित्र, लघु चलचित्र र वृत्तचित्र गरी १३ वटा प्रदर्शन गरिने छ । विश्वका उत्कृष्ठ ती सबैजसो चलचित्रमा आदिवासीहरुले भुल्दै गएको सस्कृति र रहन सहनलाई उचारिएको छ । तिनको जगेर्ना नगरे आदिवासीको अस्तित्व नै समाप्त हुने करा उल्लेख छ । मंसिर १२ र १३ गते बुटवलको रुपन्देही उद्योग संघको सभाहलमा २ दिनसम्म हुने महोत्सवको स्थानीय संयोजनको जिम्मा राज्यसत्ता साप्ताहिक पत्रिकाले गरेको छ । चलचित्र महोत्सव बुटवलबाहेक धरान, विर्तामोडलगायतका ठाउंमा समेत प्रवर्द्धशन गरिने छ ।

No comments: