News

Oct 24, 2009

डिएगो म्याराडोनाको खेलाडीदेखि प्रशिक्षकसम्मको यात्रामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व फुटबलमा डिएगो म्याराडोना जति चर्चित छन्, त्यत्तिकै आलोचित अनि घमन्डी पनि ।खेलाडीका रूपमा अर्जेन्टिनालाई १९८६ को विश्वकप उपाधि दिलाउँदा होस् वा प्रशिक्षकका रूपमा अघिल्लो साता अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउँदा, म्याराडोनाको सकारात्मक चर्चाभन्दा पनि आलोचना नै बढी भयो । खेलाडीदेखि प्रशिक्षकसम्मको यात्रामा उनी कहिल्यै आलोचनाबाट मुक्त रहन सकेनन् ।टोलीलाई दक्षिण अपिकामा हुने विश्वकपमा छनोट गराएपछि उनले सञ्चारकर्मीको उपस्थितिमा एक महिलालाई अपशब्द बोले । जसका कारण फिफा उनलाई कारबाही गर्न तयार भयो । म्याराडोना निकै खुसी हुँदा राति डिस्कोमा जाने गर्थे ।जीवनको यो उताव-चढावबीच म्याराडोनाको अर्को बानी भने निकै रोचक छ । उनी खुसी मनाउन लागूऔषधको प्रयोग गर्ने तथा डिस्कोमा जाने गर्छन् । यसपटक पनि विश्वकपमा स्थान पक्का गराएपछि म्याराडोनाले त्यस्तै चर्तिकला देखाउने अनुमान गरिएको थियो । उनले डिस्कोमा गएर नशाको धुवाँ तान्ने अनुमान थियो ।समर्थक र मिडियाका अनुमानलाई गलत सावित गर्दै उनी न त डिस्कोभित्र छिरे न लागूऔषध नै सेवन गरे । निकै शान्तपाराले आफ्नो टोलीका मित्रसँग मात्र खुसियाली बाँडे । म्याराडोनाको त्यो क्रियाकलाप देखेर सबै अचम्मित भए । वास्तवमा पछिल्लो पाँच वर्षदेखि लागूऔषध तथा डिस्कोबाट टाढै छन्, उनी । १९९४ को विश्वकपमा गि्रसविरुद्ध उनले बायाँ खुट्टाले उत्कृष्ट गोल गरेका थिए । जुन गोल उनको विश्वकपमा आठ वर्षपछि सम्भव भएको थियो । पाको उमेरमा पनि युवा अवस्थाकै जोश देखेर एन्टी ड्रोपिङ संस्थाले उनको रगत परीक्षण गर्‍यो । जसमा प्रतिबन्धित औषधि कोकिन सेवन गरिएको भेट्टाइयो । तत्कालै म्याराडोनालाई १६ महिना जेल सजाय भयो । त्यसपछि पनि उनले निरन्तर रूपमा कोकिन सेवन गर्दै गए । यसरी आएको थियो, म्याराडोनाको कोकिनसहितको जिन्दगी । त्यही कुलतका कारण २००४ मा उनको मुटुमा समस्या देखियो । जीवन-मरणको संघारमा पुगेका म्याराडोनाले जीवन दान पाए पनि । दोस्रो जीवन पाएलगत्तै उनले लागूपदार्थ नखाने कसम खाएका रहेछन् । कोकिनको लतबाट मुक्त हुनुपछाडि उनले भगवान्लाई श्रेय दिएका छन् । स्वयं उनले नै आफू पाँच वर्षदेखि डिस्को नगएको तथा कोकिन सेवन नगरेको खुलासा गरेका छन् ।'धन्यवाद छ भगवान्लाई, विगत पाँच वर्षयता मैले ड्रग्स लिएको छैन, नाइटक्लबमा पनि गएकै छैन,' उनले भने, 'ती सबै दिन मैले राष्ट्रिय टोलीमै केन्दि्रत गरँे ।' प्रशिक्षकका रूपमा अर्जेन्टिनालाई सम्हालेपछि उनले प्रत्येक खेलाडीलाई तिखार्ने काम गरेको तथा एक सफल प्रशिक्षक बन्ने अभियानमा लागेको बताए । 'मेलै पूरै जीवन अर्जेन्टिनी राष्ट्रिय टोलीलाई समर्पित गरेको छु,' उनले भने, 'योबाहेक अरू केही पनि छैन ।' गत आइतबार अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै विश्वकपका लागि छनोट हुँदा आफ्नो खुसीको सिमाना नै नभएको उनले बताए । अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन नसके आफैंलाई गोली हानेर सजाय दिने अभिव्यक्तिसमेत दिएका थिए, उनले । 'प्रशिक्षक र खेलाडीका रूपमा सफल भएँ, यदि प्रशिक्षकका रूपमा गत साता टोलीलाई छनोट गराउन नसकेको भए, म आफैँलाई गोली ठोक्ने थिएँ होला,' उनले भने ।तर पनि घमण्डी म्याराडोनाको घमन्ड भने अहिलेसम्म चुर हुन सकेको छैन । त्यसैले होला, फिफाले कारबाही गर्ने चेतावनी दिँदासमेत उनले सञ्चारकर्मीसँग माफी नमाग्ने बताएका छन् । उनको यही घमन्डले उनलाई प्रशिक्षकका रूपमा पाँच खेलको प्रतिबन्धसँगै २० हजार अमेरिकी डलरसम्म जरिवाना तिराउन सक्छ ।

No comments: