News

Oct 22, 2009

मार्टिना हिंगिज सन्न्यासपछि घोडासँगै रमाउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेरिस/ पूर्वनम्बर एक महिला टेनिस खेलाडी मार्टिना हिंगिजको फेरि प्रतिस्पर्धात्मक टेनिसमा र्फकने चाहना छैन । २००७ मा कोकिन प्रयोग प्रमाणित भएपछि दुई वर्षको प्रतिबन्धसँगै सन्न्यासको घोषणा गरेकी २९ वर्षीया हिंगिजले बिहीबार ला इक्विपसँगको अन्तर्वार्तामा आफू अहिलेको जीवनमा नै रमाइरहेको बताइन् ।'मसँग राम्रो घर छ, त्यहाँ चार घोडा पनि छन्,' हिंगिजले भनिन्, 'व्यावसायिक खेलमा मेरो जीवनको रमाइलो बाँकी छैन ।'साथै उनले कोकिन प्रयोग गरेको प्रमाणित नभए पनि आफूले त्यही वेला सन्न्यास लिन चाहेको पनि बताइन् । 'मैले चारवटै ग्रान्डस्लाम जितेकी भए सम्भवत् म खेलमा र्फकन्थेँ होला,' उनले थपिन्, 'तर म त्यही वेला ओरालो लागेँ । म दुई वर्षको प्रतिबन्धमा परेँ तथा त्यहीँ नै खेल जीवन सकियो ।'लगातार दुई सय नौ साता नम्बर एकको कुर्सीमा कब्जा जमाउनुका साथै पाँचपटक ग्रान्डस्लाम उपाधि जित्न सफल हिंगिजले प्रतिबन्धित समय आफ्ना लागि अति कठिन रहेको खुलासा पनि गरिन् ।'मलाई कुनै प्रतियोगितामा खेल्ने अधिकार पनि छैन, यहाँसम्म कि आगामी ओलम्पिकमा पनि,' उनले भनिन्, 'मलाई इक्वेस्टेरियनमा खेल्ने अधिकार पनि छैन, एमेच्योर स्तरमा पनि, मलाई लाग्दैन, म पूर्ण रूपमा ठीक छु भन्ने ।'२००७ को विम्बल्डनको तेस्रो चरणबाटै बाहिरिएपछि हिंगिजले कोकिन प्रयोग गरेको प्रमाणित भएको थियो । तर, उनले लागू पदार्थ प्रयोग गरेको अस्वीकार गर्दै आएकी छिन् ।हिंगिजले आफ्नो प्रतिबन्ध ३० सेप्टेम्बरमा सकिएको सुनेको बताइन्, जुन दिन उनको जन्मदिन पनि हो । साथै उनले प्रतिबन्धबाट मुक्त हुनुअघि फेरि पनि डोपिङ परीक्षण गराएकी थिइन् । 'म फेरि खेलमा र्फकन्छु भन्ने सबैले सोचेका रहेछन्,' उनले थपिन् ।हिंगिजले खुट्टाको चोटका कारण २००२ मा पनि टेनिस छाडेकी थिइन् । २००६ मा फेरि कोर्टमा फर्किएपछि दुईपटक ग्रान्डस्लामको क्वाटरफाइनलसम्म स्थान बनाएकी हिंगिजले दुई साना प्रतियोगिता जित्नुका साथै वर्षको अन्त्य विश्व नम्बर सात भएर गरेकी थिइन् ।

No comments: