News

Oct 29, 2009

बलात्कारमा संलग्न दोषी प्रहरीमाथि कारबाहीको प्रक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, कात्तिक १२- जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरीमाथि भएको बलात्कारमा संलग्न दोषी प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब महानिरीक्षक पार्वती थापा मगरले बताएकी छिन्। उनले धनगढीमा आयोजित पत्रकार भेटघाटका अवसरमा उक्त जानकारी गराउँदै भनिन्- घटना छानविनका लागि गठन भएको टोलीको अनुसन्धान प्रतिवेदन र स्वयम् आफूले गरेको अनुसन्धानबाट दोषी ठहरिएका बलात्कारी प्रहरीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। बलात्कारको आरोपमा प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, हवल्दारहरु वीरेन्द्र बम, करबिर थलाल, हिरादत्त बडू, प्रहरी जवान नरभान महत्तरा र जगदीश पाण्डे प्रहरी हिरासतमा रहेको उनले जानकारी दिइन।

No comments: