News

Oct 14, 2009

माओवादीले सहमति नभए दलहरुसँग आत्म समर्पण नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ अक्टोबर, २००९,एकिकृत नेकपा माओवादीका उपाध्यक्ष रायणकाजी श्रेष्ठ प्रकाशले माओवादीले उठाएका सवालहरुमा सहमति नभए अरु दलहरुसँग आत्म समर्पण नगर्ने बताएका छन् ।राजधानीमा आज आयोजित एक छलफल कार्यक्रममा बोल्दै नेता श्रेष्ठले राष्ट्रपतिको असंवैधानिक कदमलाई कुनै न कुनै रुपमा संकल्प प्रस्तावमा संलग्न नगरे माओवादीलाई मान्य नहुने धारणा दोहोराए । सेनापति प्रकरणमा राष्ट्रपतिको कदमले शान्तिप्रकि्रया र संबिधान लेखनमा नकारात्मक प्रभाव पारेको र प्रतिक्रियावादीहरुलाई सहयोग पुगेको दाबी गर्दै श्रेष्ठले माओवादीले अघि सारेको प्रस्तावलाई अस्वीकार गर्नुले कांग्रेस र एमाले सहमतिको पक्षमा नरहेको प्रष्ट भएको बताए । उच्चस्तरिय राजनैतीक संयन्त्र बनाएर सबै समस्यालाई समाधान गर्न माओबादी तयार रहेको बताउँदै प्रकाशले भने माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्नु आफ्नो घोषित लक्ष्य भएको दाबी गरे । वर्तमान सरकार दिनप्रतिदिन कमजोर हुदै गएको भन्दै केही दिन भित्रै वर्तमान सरकार ढल्ने दाबी गरे । उनले प्रचण्ड सत्ता परिवर्तन गर्न र भारतविरुद्ध चाइना कार्ड प्रयोग गर्न चीन नगएको दावी समेत गरे । नेता श्रेष्ठले तीन दिन भित्र सहमति नभए तीहार पछि आन्दोलनको आधिँबेहेरी सृजना गर्ने बताए ।

No comments: