News

Oct 20, 2009

माओवादीको चियापान कार्यक्रममा माधवकुमार र गिरिजा अनुपस्थित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० अक्टोबर, २००९, राष्ट्रिय सहमतिका लागि भनेर माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अनुपस्थित भएपछि चियापननै खल्लो मानिएको छ । प्रधानमन्त्री माधवकुमार नेपाललाई पठाइएको निमन्त्रणा पत्रमा एमालेको वरिष्ठ नेतामात्र उल्लेख गरिएकाले नेपाल चियापानमा नजानु भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । यता कांग्रेस सभापति कोइराला अस्वस्थ्यको कारण नजानु भएको बताइए पनि सहमतिका लागि भनेर आयोजना गरिएको कार्यक्रममा दुई शिर्ष नेताको अनुपस्थितिले सहमति हुनेमा शंका उब्जीएको छ । यद्यपी चियापान कार्यक्रममा सहभागि नेताहरुले भने सहमति र एकतामा जोड दिएका छन । माओवादी अध्क्ष प्रचण्डले मुलुक जटिल अवस्थामा पुगेकाले सहमतिका लागि आफूहरु हदैसम्मको लचिलो भएको बताए । कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेसका कावा सभापति सुशिल कोइराला जनशक्तिका अध्यक्ष सूर्यबहादुर थापा राप्रपाका अध्यक्ष पशुपतिशम्सेर राणा लगायतका वरिषठ नेताहरुले सहमतिमै जोड दिइएका थिए । अन्य दलहरुको भन्दा व्यवस्थित देखिएको चियापान कार्यक्रममा सहभागिहरुले आधा घण्टा भन्दा बढी लाइनमा बसेर नेताहरुलाई शुभकामना दिएका थिए ।
माओवादीले आज मंगलबार तिहार र नेपाल सम्वत ११३० को अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेको हो । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा आज अपरान्ह आयोजना गरिको चियापान कार्यक्रममा मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा अधिकारीहरु, पत्रकार लगायत विभिन्न पेशाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । एकीकृत माओवादीले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई कालोझण्डा देखाउँदै आए पनि आजको चियापानमा भने मन्त्रीहरु सहभगि भएका थिए । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले हिजो तिहार, नेपाल सम्बत र छठ पर्वका अवसरमा आफ्नै सरकारी निवास, बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम एकीकृत माओवादीले भने बहिस्कार गरेको थियो । कार्यक्रममा मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा अधिकारी, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहे पनि एकीकृत माओवादीका नेताहरु भने अनुपस्थित रहेका थिए ।

No comments: