News

Oct 25, 2009

भारतले सुपुर्दगी सन्धि द्विपक्षीय सुरक्षा बैठक गर्न नेपालसँग प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ९ - भारतले सुपुर्दगी सन्धि र नक्कली नोट नियन्त्रणका विषयलाई प्राथमिकतामा राखी द्विपक्षीय सुरक्षा बैठक गर्न नेपालसँग प्रस्ताव राखेको छ । आगामी कात्तिक २० र २१ मा काठमाडौंमा हुने गृहसचिवस्तरीय बैठकमा सीमा अपराध र सुरक्षा सहयोगबारे छलफल हुने बताइए पनि भारतले भने सुपुर्दगी सन्धि र नक्कली नोटलाई मुख्य एजेन्डा बनाएको छ । भारतीय पक्षले यसअघि नै दिल्लीमा भएको द्विपक्षीय बैठकमै सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय सम्बद्ध अधिकारीका अनुसार भारतीय पक्षले काठमाडांैमा हुने बैठकमा द्विपक्षीय भरपर्दो संयन्त्रसहितको आश्वासन चाहेको छ । 'ंसंयुक्त सरकार र राजनीतिक विषयसँग जोडिएका कारण सुपुर्दगी सन्धिको विषयमा यसपटक कुनै निर्णय र सहमति नहुन सक्छ,' गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । 'मन्त्रालयले अहिलेसम्म एजेन्डा तय गरेको छैन तर विगतमा उठिरहेकै विषयहरू शान्ति सुरक्षा, सीमा अपराध, व्यवस्थापन, लागू पदार्थ ओसारपसार र स्थानीय अपराध नियन्त्रणका विषयमा छलफल हुन सक्छ,' गृह प्रवक्ता जयमुकुन्द खनालले भने । द्विपक्षीय बैठकमा सीमा अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने उद्देश्यले दुई देशका उच्चस्तरीय अधिकृतहरू रहने संयन्त्र बनाउनेसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।बैठकमा १३ सदस्यीय भारतीय टोलीको नेतृत्व गृहसचिव जीके पिली र २० सदस्यीय नेपाली पक्षको नेतृत्व डा. गोविन्द कुसुमले गर्ने तय भएको छ । भारतीय सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको द्विपक्षीय बैठकको प्रस्तावलाई हालै मन्त्रिपरिषदको बैठकले अनुमति प्रदान गरेको छ । भारतीय गृहमन्त्री पी चिदाम्बरमले हालै भारतमा हत्या आतंक चर्काइरहेको माओवादीले बंगलादेश, म्यान्मार र नेपालबाट हतियार पाएका हुनसक्ने आंशका गर्दै विचार व्यक्त गरेका छन् ।

No comments: