News

Oct 20, 2009

कुटपिट गरेपछि धरान अस्पतालका डाक्टरहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० अक्टोबर, २००९,उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएका एक घाइतेका आफन्तले आकस्मिक कक्षका चिकित्सकले समयमै उपचार नगरेको भन्दै चिकित्सक माथि नै कुटपिट गरेपछि धरान अस्पतालका डाक्टरहरु आन्दोलनमा उत्रीएका छन् । घाइतेको आफन्तले उपचारमा संलग्न हाडजोर्नी विभागका डाक्टरद्धय कुमुद लिम्बु र मोहम्मद फरिद अमातुल्लाहलाई हिजोराती कुटपिट गरेका थिए । घटनाको विरोधमा प्रतिष्ठानमा कार्यरत सम्पुर्ण चिकित्सकहरुले सोमबारदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन्।दोषीलाई कार्वाही नगरेसम्म र चिकित्कसको सुरक्षाको प्रत्याभुति सरकारले दिन नसकेसम्म आकस्मिक र वार्ड(इन्डोर)बाहेक अन्य सेवाहरु अनिश्चितकालीन सेवा ठप्प पारिएको डाक्टरहरुले बताएका छन् । चिकित्सकलाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले तत्काल पक्राउ गरी हिरासतमा राखेको छ। पक्राउ पर्नेमा लेटाङ ३ मोरङका ४६ बर्षीया याम बहादुर तामाङ, ४० बर्षीया विष्णु तामाङ र २४ बर्षीया मेघराज तामाङ रहेका छन्। दुई बच्चासहित पाँच जना सवार मोटरसाइकललाई लेटाङमा प्रहरीको गाडीले ठक्कर दिएपछि घाइते भएका तीन जनालाई राती करिब साढे दश बजे उपचारको लागि प्रतिष्ठान ल्याइएको थियो। घाइते मध्ये सुष्मा तामाङबाहेक अभि तामाङ र दिलमाया तामाङलाई प्लष्टर पश्चात राती करिब सवा दुई बजे चिकित्सले डिस्चार्ज दिएपछि कुटपट भएको हो। डाक्टर लिम्बुका अनुसार सामान्य अवस्थाका घाइतेलाई प्लष्टर पछि ओपीडिमा पछि आउन सल्लाह दिएर डिस्चार्ज दिदा आफन्तहरुले वार्डमा भर्ना गनैपर्ने भन्दै एक्कासी मुक्का प्रहार गरेका थिए। घाइतेका आफन्त भने पहिला चिकित्सकहरुले राम्रो उपचार नगरेको र गम्भीर घाँइतेलाई वार्ड भर्ना गर्न आग्रह गर्दा चिकित्सकले नै पहिला हात हालेको आरोप लगाएका छन् ।

No comments: