News

Oct 31, 2009

काँग्रेस युवा नेताहरुको दबाब आन्तरिक लोकतन्त्रका लागि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१अक्टोबर,२००९, नेपाली काँग्रेसको महासमिति बैठक शुरु हुन एक दिन मात्र बाँकी रहँदा पार्टी युवा नेताहरुको भेला आज शनिबार काठमाडौं भएको छ । पार्टी एकल नेतृत्वमा नभई सामूहिक नेतृत्वमा जानुपर्ने, पार्टी आन्तरिक लोकतन्त्र मजबुत बनाउनुपर्ने भन्दै उक्त दबाबमूलक भेलाको आयोजना गरिएको युवा नेताहरुले बताएका छन् । पुरानो बानेश्वरस्थित एक घरमा भएको भेलामा भोलि आइतबारदेखि काठमाडौंमा शुरु हुने महासमिति बैठकमा उठाउने एजेण्डाहरु लगायतका बिषयमा छलफल भएको बताइएको छ । भेलामा काँग्रेसका युवा नेताहरु जगदीश्वरनरसिंह केसी, गगन थापा, एनपी साउद, प्रदीप पौडेल, चन्द्र भण्डारी, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे लगायत दुई सयभन्दा बढीको सहभागिता रहेको छ । भेलामा सहभागी नेताहरुले पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुका साथै पार्टी सामूहिक निर्णय पद्धति बसाल्नुपर्ने माग गरेका छन् । काँग्रेसका युवा नेताहरुले पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सबैको निर्वाचन हुनुपर्नेमा समेत जोड दिएका छन् ।

No comments: