News

Oct 29, 2009

सुजाता कोइरालाले सिङ्गो कांग्रेसको अपमान गर्न थालिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका अधिंकाशं नेता कार्यकर्ताहरुको बिरोधमात्र हैन पार्टीको संस्थागत पद्धतीको समेत वेवास्ता गरी उपप्रधनमन्त्री बनाइएकी सुजाता कोइरालाले सिङ्गो कांग्रेसको अपमान गर्न थालेकी छन् ।
नेपाली कांग्रेसको राजनीतिमा बिना योगदान गिरिजाप्रसाद कोइरालाको छोरी भएकै कारण मुलुकको सर्वोच्च स्थानमा पुग्न सफल कोइराला उपप्रधानमन्त्री बनेपछि पार्टीको संस्थागत पद्धतिका बिरुद्ध लागि रहेको आम कांग्रेस कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन् । केन्द्रिय समितिमा उनले बोलेका कुरा होस वा र्सार्वजनिक रुपबाट उनको अभिव्यक्तिले कार्यकर्ताहरुलाई निराश बनाएको छ । पार्टी महासमिति जस्तो महत्वपूर्ण बैठक जसलाई कुम्भमेलाको रुपमा समेत लिइएको छ । त्यसप्रति भने उनी त्यती चासो दिएर लागेकी छैनन् । कतिपय नेताहरुले सुजाता कोइराला महासमितिको बैठक अझै नहोस भन्नेमा लागेको आरोप समेत लगाएका छन् । जनपुकार डटकमलाई कांग्रेसको एक उच्च स्रोतले भन्यो । महासमितिको बैठकमा गिरिजाप्रसाद कोइरालालाई अनुपस्थित गराउने र उनका र्समर्थकहरुलाई कोइरालाको उपस्थिति बिनाको महासमितिको बैठकको अर्थ छैन भनेर कार्यक्रम स्थलमै हुटिङ गराउँदै महासमति स्थगित गराउने सम्मको योजनामा रहेको बुझिएको छ । त्यसो त सभापति कोइराला पनि आफ्नो इच्छा बिपरित गर्न लागिएको बैठकमा सहभागि नहुने मनस्थितिमा रहेको स्रोतको दाबी छ । यो उनको योजना कति सफल होला त्योत महासमितिमा थाहा नै भइहाल्छ । त्यस्तै उनले महासमिति व्यवस्थापनका बारेमा समेत नेताहरुमाथि रुखो र असभ्य भाषा प्रयोग गर्ने गरेको छिन् । एक टेलिभिजन मार्फ र्सार्वजनिक भएको उनको अभिव्यक्ति जो कोही कांग्रेस कार्यकर्ताका लागि स्वीकार योग्य थिएन । उनले रुखो भाषामा भनेकी छिन् 'सानो बुबाले त महासमिति नगरौं पैसा छैन भनेकै हो नी ।उनीहरुलाई नगरी भए न, अब गर्ने नै भएपछि प्रत्येक मन्त्रीबाट ५ लाखको दरले पैसा उठाएर सफल पारीदिन्छु । उनको यो अभिव्यक्ति हेर्दा कांग्रेस पार्टी होइन कोइराला परिवारको प्रतिष्ठान भएको छ । उनको यस्ता अभिव्यक्तिहरुलाई कांग्रेस नेताहरुले कसरी लिन्छन तर आम कार्यकताका लागि भने खल्लो भएको छ । आगामी महाधिवेशनमा सेरेमोनिएल सभापति सहित ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था महासमतिले पारित गरेमा कांग्रेस साच्चिकै कोइराला प्रतिष्ठानबाट व्यवहारिक रुपमै प्रजातान्त्रिक पार्टीको रुपमा अघि बढ्ने थियोकी भन्ने कार्यकर्ताहरुको झिनो आशा रहेको छ ।

No comments: