News

Oct 21, 2009

एमालेका तीन हस्तीहरु गोप्य रुपमा विवाद मिलाउन छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ अक्टोबर, २००९,पार्टीभित्र शीर्ष नेताहरुबीच एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम बढेपछि एमालेका तीन हस्तीहरु गोप्य रुपमा पार्टी भित्रको विवाद मिलाउन छलफलमा जुटेका छन् । राजधानीको सोल्टी होटलमा आज भएको बैठकमा अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र बरिष्ठ नेता केपी ओलीको सहभागी रहेका थिए । केही समय देखि पार्टीमा देखिएको तीनवटा गुटका कारण सरकारलाई आफ्नै पार्टीबाट समेत चाहेजति सहयोग नभएको कार्यतर्तामा पार्टी सरकारमा भएको अनुभुति नभएको र संगठन सञ्चालनका विषयमा जिल्ला जिल्लामा समानान्तर समितिहरु गठन हुन थालेपछि प्रधानमन्त्री माधवकुमार नेपालले यस्तो बैठकको आयोजना गरेको एमाले स्रोतले जनाएको छ । बैठकमा तीन जना नेताहरुबीच गोप्य कुराकानी भएको र नेताहरुबीच पार्टीले कुनै पनि निर्णय गर्दा छलफल र सहमतिको आधारमा गरिनु पर्ने विषयमा कुराकानी भएको स्रोतको दाबी छ । बैठकमा अन्य केके कुरा भयो बाहिर आएको छैन् ।

No comments: