News

Oct 21, 2009

पाकिस्तानको वजिरिस्तानबाट हजारौं गैरसैनिकहरू विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाकिस्तानको दक्षिण वजिरिस्तान क्षेत्रमा नियन्त्रण जमाउन पाकिस्तानी सेना र तालेबान विद्रोहीहरू बीच लडाईं चर्कदैं गर्दा हजारौं गैरसैनिकहरू सो ठाउँबाट अन्यत्र भागिरहेका छन्। पहिलेको तुलनामा यस पटक ‌विस्थापितहरूको संख्या स्यानो भएको बताइएको छ। तर भाग्न बाध्य भएकाहरूको स्थिति नाजुक बन्दै गएको समाचारहरू प्राप्त भएका छन्। स्वात उपत्यकामा केही समयअघि बीस लाख मानिस विस्थापित भएका थिए। त्यसको तुलनामा दक्षिण वजिरिस्तानमा अहिले भएको विस्थापन स्यानो छ। त्यसो त यो क्षेत्रमा जनघनत्व पातलो छ। अहिले कूल जनसंख्या एक देखि डेढ लाखको छ।सेनाका अनुसार त्यती नै संख्यामा मानिसहरू विस्थापित भएका छन्।एकजना विस्थापित स्थानीय बासिन्दाले भने, “हाम्रो क्षेत्रमा लडाईं चर्कदैं गएको हुनाले हामी विस्थापित हुनु परेको हो।“सो क्षेत्रमा जीवन साह्रै कठिन बन्दै गएको छ, सबै बाटाहरू बन्द गरिएका छन्।“गत जून महिनामा सेनाले ठूलो सैन्य कारवाही थाल्ने घोषणा गरेयता मानिसहरू सो क्षेत्रबाट अन्यत्र लाग्न थालिसकेका थिए।जो भाग्न सफल भएका छन् उनीहरूको भनाइ छ उनीहरूलाई वजिरिस्तान फर्कन आग्रह गरिंदैछ। तर उनीहरूलाई के थाहा छ भने, उनीहरू फर्के भने आफ्नै आफन्तजनहरूसित लड्नु पर्ने हुनसक्छ। सेनाले गैरसैनिकहरूलाई विद्रोहीहरू विरद्ध उठ्न आग्रह गर्दै पर्चा बाँड्न थालेको छ। तर धेरै मानिसहरू सुरक्षित ठाउँहरूमा पुग्न थालिसकेका छन्।
कतिपय मानिसहरू जोखिमपूर्ण लेक र भन्ज्याङ् हूँदै आफन्तकहाँ पूग्ने प्रयास गरिरहेका छन्।
कति चाहीं सहयोग पाउने आशामा शीवीरहरूतर्फ लागिरहेका छन्। तर पुग्दो सहयोग त्यहाँ पुगेको छैन।
यदी सैन्य कारवाही जाडोमा पनि जारी रहे विस्थापितहरुका लागि स्थिति झनै कठीन बन्नेछ।

No comments: