News

Oct 31, 2009

पूर्वाञ्चल क्षेत्रीय रंगशाला इनरुवामा निर्माण गरिनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१अक्टोबर,२००९, पूर्वाञ्चल क्षेत्रीय रंगशाला सुनसरीको इनरुवामा निर्माण गरिनुपर्ने माग गर्दै फेरि इनरुवावासीहरु आन्दोलनमा उत्रिएका छन् । सुनसरीका इटहरी, इनरुवा र धरानका बासिन्दाहरुले आ-आफ्नो स्थानमा रंगशाला निर्माण गर्नुपर्ने माग गरेपछि विवाद कायमै रहेको छ । इटहरीमा रंगशाला निर्माण गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आमहड्ताल आह्वान गर्दै आन्दोलनमा उत्रिएका इटहरीबासीहरु सरकारले माग सम्बोधन गरेपछि शुक्रबारदेखि आमहड्ताल फिर्ता लिएका थिए । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले कृषि मन्त्रालयको मातहतमा रहेको साँढे सात बिगाहा जमीन रंगशाला निर्माणका लागि दिने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका इटहरीबासीले आमहड्ताल फिर्ता लिंदै शुक्रबार बिहान बिजयोत्सव मनाएका थिए । इटहरीबासीले आन्दोलन फिर्ता लिएलगत्तै इनरुवावासी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले आज बिहानैदेखि महेन्द्र राजमार्ग अर्न्तर्गत इनरुवा चोकमा चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने र्सवसाधारण यात्रु अलपत्र परेका छन् ।
सरकारले चालू आवको बजेटमा सुनसरीमा क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेपछि सुनसरीका इटहरी, इनरुवा र धरानका बासिन्दाहरुले आ-आफ्नो स्थानमा रंगशाला बनाउनुपर्ने माग गर्दै आएका छन् ।

No comments: