News

Oct 27, 2009

कांग्रेस नेता शेरबहादुर देउवा माथि माओवादीको आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अक्टोबर, २००९,नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको कार्यक्रममा भाग लिन चितवन पुगेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई माओवादीले आक्रमण गरेका छन् ।देउवा माथि माओवादीले गरेको यो दोस्रो आक्रमण हो । आज दिउँसो १ बजे कार्यक्रम स्थलतर्फ जादैँ गरेका देउवा माथि माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन्।आक्रमणबाट देउवाको निजी गाडीमा क्षति पुगेको छ। देउवा र उनीसँगै रहेका अर्का काङ्ग्रेस नेता एवं सिंचाई मन्त्री बालकृष्ण खाँड सकुशल छन्। चितवनको क्याम्पाचौरमा देउवामाथि आक्रमण भएपछि माओवादी र कङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो। सुरक्षाकर्मीलाई झडप नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । दुवैतर्फका करिब सयौं कार्यकर्ताले एक-अर्काविरुद्ध नारा लगाएका थिए। दुबै तर्फका कार्यकर्ताबीच झडप लामो समय चलेको थियो । नारायणी कला मन्दिरमा आयोजित तरुण दलको केन्द्रीय कार्यालयमा भाग लिन उनी त्यसतर्फ गएका थिए। उनीहरुले ढुङ्गा प्रहार गर्नुका साथै कालो झण्डा पनि देखाएका थिए। यसैबीच नेपाली कांग्रेसले देउवाको आक्रमणाप्रति खेद व्यक्त गर्दै माओवादी सत्ता छोड्दा अत्तालिएको मनस्थितिमा पुगेको बताएको छ । जनकपुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले यस्‍ता घटनाबाट कांग्रेस बिचलित नहुने बताए ।

No comments: