News

Oct 14, 2009

माओवादी अध्यक्षसहितको टोलीले मंगलबार ग्रेटवालको अवलोकन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन भ्रमणमा रहेका माओवादी अध्यक्षसहितको टोलीले मंगलबार ग्रेटवालको अवलोकन गरेको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य, विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र प्रचण्डपुत्र प्रकाशले ग्रेटवालको अवलोकन गरेका हुन् । टोलीले तियानमेन स्क्वायरस्थित माओत्से तुङको समाधिस्थ स्मारिकाको पनि अवलोकन गरेको भ्रमणदलमा सहभागी प्रकाशले जानकारी दिए । प्रचण्डले बुधबार तान्जी सहरमा सम्बोधन गर्ने कार्यक्रम छ । साताव्यापी चीन भ्रमणमा गएका माओवादी अध्यक्षसहितको प्रतिनिधिमण्डलले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो ठूला नेता जिया क्युलिङ, विदेशविभाग प्रमुख वाङ जियाउरी र विदेश सहायकमन्त्री लिउ होङकाईसँग भेट गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा माओवादी अध्यक्ष प्रचण्डसहितको टोली आइतबार चीन प्रस्थान गरेको थियो । टोली २ कात्तिक स्वदेश र्फकनेछ ।

No comments: