News

Oct 16, 2009

एनआरएनको चौथो विश्व सम्मेलनमा १९ बूँदे घोषणापत्र जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३० मुलुकको आर्थिक- सामाजिक विकासका लागि १९ बूँदे घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली संघको चौथो विश्व सम्मेलन सम्पन्न भएको छ। गैर आवासीय नेपाली, निजी क्षेत्र र सरकारको सहकार्यबाट मुलुकको आर्थिक सामाजिक विकास गर्ने सम्मेलनले उदघोष गरेको छ। सम्मेलनमा गैर आवासीय नेपालीले मुलुकको विकासमा प्रतिवद्धता जनाएका छन् भने सरकारले उनीहरुलाई सहकार्य गर्न आह्वान गरेको छ। 'गैर आवासीय नेपाली समुदायलाई नेपालको ग्रामीण तथा द्वन्द्व प्रभावित क्षेत्रमा विभिन्न विकासमूलक एवं परोपका कार्यहरु गर्न आह्वान गर्छ,' बिहीबार जारी घोषणापत्रमा भनिएको छ, 'गैर आवासीय संघ नेपालमा दर्ता भएको एक वर्षभित्र स्थापना गरी १० करोड अमेरिकी डलरको नेपाली लगानी कोष स्थापना गरी कार्यान्वयन प्रक्रियामा लैजान यो सम्मेलन पुनः प्रतिवद्धता व्यक्त गर्दछ।'
सम्मेलनले गैर आवासीय नेपालीलाई मुलुकको आर्थिक कुटनीतिको साझेदारका रुपमा व्याख्या गरेको छ। 'नेपालको आर्थिक कुटनीतिलाई सफल बनाउन गैर आवासीय नेपाली संघको सञ्जाललाई पूर्णरुपमा परिचालन गरिनेछ,' जारी घोषणापत्रमा उल्लेख छ। घोषणापत्रले गैर आवासीय नेपाली समुदायले नेपालमा निरन्तर गर्दै आएको विभिन्न विकासमूलक, सामाजिक र परोपका कार्यमा गरेको लगानीको स्वागत गर्दै थप लगानीको लागि आह्वान समेत गरेको छ। सम्मेलनले वैदेशिक रोजगाबाट आएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन अध्ययन गर्ने, सन् २०११ लाई पर्यटन वर्ष सफल पार्ने, तराई जोड्ने द्रूतमार्ग र जलश्रोत लगायतका पूर्वाधार विकासमा साझेदार बन्ने लगायतका विषयलाई आफ्नो घोषणापत्रमा समेटेको छ। रेमिट्यान्सको विषयमा सरकार, निजी क्षेत्र र गैर आवासीय नेपालीको कार्यदलले काम थाल्ने बताइएको छ। सम्मेलनले गैर आवासीय नेपाली ऐन र हालैमात्र जारी भएको नियमावलीको स्वागतसमेत गरेको छ।

No comments: