News

Oct 22, 2009

सुजातालाई सरकारबाट फिर्ता बोलाउने काँग्रेसको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ अक्टोबर, २००९,पार्टीको निर्णयबेगर उपप्रधानमन्त्रीमा बढुवा गरिएकी सुजाता कोइरालालाई सरकारबाट फिर्ता बोलाउनुपर्ने पक्षमा नेपाली काँग्रेसका अधिकांश नेताहरु देखिएका छन् । उनीहरुले सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गरेकोमा प्रधानमन्त्री नेपालसमक्ष औपचारिक रुपमा नै आपत्ति जनाउने भएका छन् । नेपाली काँग्रेसका केही नेताहरुले यस बिषयमा प्रधानमन्त्री नेपाललाई ध्यानाकर्षणपत्र बुझाउने तयारी गरिरहेका छन् । सुजातालाई कसरी उपप्रधानमन्त्रीबाट फिर्ता बोलाउने भन्ने बिषयमा काँग्रेसका प्रभावशाली नेताहरुको बैठक बुधबारदेखि शुरु भएको छ । पार्टीका प्रभावशाली नेताहरुको निवासमा बस्ने गरेको बैठकले प्रधानमन्त्री नेपालले सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गरेर पार्टी संसदीय दलको अपमान गरेको ठहर गर्दै प्रधानमन्त्री नेपाललाई ध्यानाकर्षणपत्र बुझाउने निष्कर्ष निकालेको छ । माधवकुमार नेपाल नेतृत्वको विगतमा निशर्त समर्थन गर्दै आएकोमा सशर्त समर्थन गर्ने अवस्था सिर्जना भएको काँग्रेस नेताहरुको भनाई छ । विगतमा गिरिजाप्रसाद कोइराला पार्टी सभापति र संसदीय दलका नेता दुवैको हैसियतले मन्त्रीहरुको नाम सिफारिस गर्ने गरेको तर अहिले प्रधानमन्त्री नेपालले कस्को सिफारिशमा सुजातालाई उपप्रधानमन्त्री बनाएको हो ? सोबारेमा प्रधानमन्त्री नेपालको ध्यानाकर्षण गराउने पक्षमा काँग्रेसका अधिकांश नेताहरु रहेका छन् ।

No comments: