News

Oct 14, 2009

भाइटिका लगाउने उत्तम साइत कात्तिक २ गते ११ बजेर ५३ मिनेटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २८ यस वर्षको भाइटिका लगाउने उत्तम साइत कात्तिक २ गते सोमबार महान्ह ११ बजेर ५३ मिनेट जाँदा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यमपञ्चकअन्तर्गत आगामी कात्तिक २ गते सोमबार बिहान १० : १० बजेपछि द्वितीया तिथि लाग्ने र भाइटीका पनि द्वितीय तिथिकै मध्याह्नकालमा लगाउनुपर्ने धार्मिक मान्यता रहेको समितिले उल्लेख गरेको छ।ज्योतिषी, धर्मशास्त्री, संस्कृतिविद्सँगको परामर्स र परम्परागत मान्यतालाई समेत आधार मानी गरिएको निर्णयबमोजिम कात्तिक ३ गते मङ्गलबारका दिन मध्याह्नकालमा द्वितीय तिथि नपर्ने भएकाले सोमबार नै टीका लगाउनु शास्त्रसम्बत् हुने पत्रकार भेटघाटमा ज्योतिषहरुले बताए।यसैगरी असोज ३० गते शुक्रबारका दिन (१८ घडी ५६ पलासम्म) कात्तिक कृष्णत्रयोदशी र ३१ गते शनिबारका दिन १४ घडी ५९ पलासम्म कात्तिककृष्ण चतुर्दशी रहेको र उदयकालमा गर्नुपर्ने कागपूजा र कुकुर पूजा पनि क्रमशः शुक्रबार र शनिबारका दिन बिहान गर्नुपर्नेछ।शानिबार दिउँसो १२ : ०५ बजे १४ घडी ५९ पलासम्म चतुर्दशी रहने त्यसपछि पुरै औंशी रहने र प्रदोष एवम् मध्यरात्रि दुवै काल औंशीले पाएकाले सोही रात लक्ष्मीपूजा गर्नु शास्त्रसम्मत् भएको पनि उल्लेख गरिएको छ। काक्तिक १ गते आइतबार प्रतिपदा (१० : ४५ देखि प्रतिपदा लाग्ने) का दिन गाईपूजा, सोही दिन अपराह्न म्हपूजा कात्तिक २ गते बिहान (विहान १० : १० सम्म प्रतिपदा रहने) गोबर्धन पूजा गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

No comments: